५-६ वर्ष उमेरका बिद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

ट्युसन पढाउने बहानामा मोरङको केरावारी ६ का ५५ वर्षीय किशोर तिम्सिनाले आफ्नै विद्यालयका राम्ररी बोली समेत नफुटेका बालबालिकामाथि यौन दुर्व्यवहार गर्ने गरेको खुलासा भएको छ। निजी स्तरबाट केरावारी ६ मा संचालित मिनिल्याण्ड एकेडेमीका शिक्षक तिम्सिनाले बालबालिकालाई अप्राकृतिक मैथुन गराउने गरेको तथ्य सार्वजनिक भएको हो।

लामो समयदेखि शिक्षक तिम्सिनाले यौन दुर्व्यवहार गर्दै आएपनि घटना मंगलबार मात्र सार्वजनिक भएको हो। घटना सार्वजनिक हुना साथ प्रहरीले तिम्सिनालाई पक्राउ गरेको छ। पक्राउ परेका तिम्सिनाले घटना स्वीकार गरेको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक नवराज कार्कीले जानकारी दिए। ५-६ वर्ष उमेर समूहका ती बालबालिकालाई बाबुआमालाइ भनेमा कुट्ने डर देखाउँदै अप्राकृतिक मैथुन गराउने गरेको पत्ता लागेको प्रहरीले जनाएको छ |

राम्ररी बोली समेत नफुटेका बालबालिका माथि यौन दुव्यवहार भएकोले संलग्न शिक्षकलाई कारवाही हुनु पर्ने माग गर्दै पीडित पक्ष बुधबार इलाका प्रहरी कार्यालय बेलावारीमा डेलिगेसन समेत गएको छ। ‘डर देखाएका कारण बालबालिकाले हामीलाई भनेनन्’, एक आफन्तले भने, ‘अप्राकृतिक मैथुन गराउँदै गर्दा छिमेकीले देखेपछि यो कुरा बाहिर आएको हो।’ मादकपदार्थ सेवन गरेर अश्लील शब्द बोल्नुका साथै बालबालिकालाई अनेक ढंगले अप्राकृतिक मैथुन गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका शिक्षक तिम्सिनाले आफूले मादक पदार्थ सेवन गरेको सुरमा विद्यार्थीलाई त्यस्तो कार्य गराएको स्वीकार गरेका छन्।

, ,

news and entertainment