अमिताभसँग काम गर्न मानिनन् परिणिती
बलिउड महानायक अमिताभ बच्चनसँग काम गर्न जोसुकै कलाकार लालयित हुन्छन्। तर नवनायिका परिणिती चोपडाले भने अमिताभको फिल्ममा काम गर्नको लागि आफूसँग समय नभएको भन्दै अस्वीकार गरेकी छिन्। सफल तथा ख्यातिप्राप्त बलिउड निर्देशक सुजित सरकार, महानायक अमिताभ बच्चन र इरफान खानलाई लिएर बलिउडमा एउटा फिल्म बन्ने तरखरमा छ।
पहिले यस फिल्ममा काम गर्नका लागि परिणिती पनि राजी भएकी थिइन् तर अहिले आएर परिणितीले यस फिल्ममा काम गर्नका लागि अस्वीकार गरिदिएको समाचारमा जनाइएको छ।
यस विषयमा धेरै बोल्न नचाहेको प्रतिक्रिया दिने परिणितीले अमिताभ र इरफानसँग काम गर्ने अवसर पाउँदा शुरूमा निकै उत्साहित भएको एजेन्सीलाई बताएकी छिन्। ‘तर यो फिल्म जुन समयमा सुटिङ हुन गइरहेको छ, त्यो समयमा मैले अर्को फिल्ममा गर्नुछु। यो फिल्ममा अब म काम गर्न सक्दिन परिणितीले भनेकी छिन्।
कुनै समय आफूलाई फिल्मको अफर आउँदा निकै खुसी हुने अहिले भने केही कारणले गर्दा महत्त्पूर्ण फिल्ममा पनि काम नगरेको उनले गफ दिएकी छिन्। परिणितीको हंसी तो फंसी र किल दिल आउँदै गरेका प्रमुख फिल्म हुन्। हंसी तो फंसी ७ फेब्रुअरिबाट प्रदर्शनमा आउँदै छ।