बिद्यार्थीले दुइको ज्यान लिए , २० लाइ बन्दि बनाए

मस्कोको एउटा हाइ स्कुलमा एक बिद्यार्थीले सोमबार बिद्यालयका एक शिक्षक तथा एक प्रहरी माथि गोलि चलाई हत्या गरेका छन् | साथी ति बिद्यार्थीले बिद्यालयका २० जना अन्य बिद्यार्थीहरुलाइ एउटा कक्षामा बन्दि समेत बनाएका थिए | करिब दिउसोको समयमा एउटा राइफल सहित बिद्यालय प्रवेश गरेका ति बिद्यार्थीले स्कुलको जीव प्रयोगशालामा अन्य बिद्यार्थीहरुलाइ बन्दि बनाएर राखेका थिए | त्यस कक्षा तर्फ जाने क्रममा त्यस बिद्यार्थीले एक शिक्षकमाथि गोलि चलाएका थिए | जुन शिक्षकको पछि उपचारका क्रममा मृत्यु भएको हो | पछि प्रहरीको सहयोगमा त्यस बिद्यार्थीलाइ नियन्त्रणमा लिइएको बताइएको छ | साथ साथै बन्दि बनाइएका बाकि बिद्यार्थीहरुको समेत सकुशल उद्दार गरिएको बताइएको छ |

त्यसै स्कुलमा आक्रमण गर्नु पछाडीको त्यस बिद्यार्थीको उद्देस्य अहिले सम्म जान्न सकिएको छैन | रसियाको राष्ट्रिय मिडियाले दिएको जानकारी अनुसार त्यस बिद्यार्थीको स्कुलका भूगोल श्किश्क संग केहि नमिले भएता पनि उन्ला गोलि चलाएका शिक्षक भने अरु रहेको बताइएको छ | गोलि चलाउने त्यस बिद्यार्थी स्कुलको पनि राम्रै बिद्यार्थीहरु मध्यको एक भएको बताइएको छ |

, ,

news and entertainment