कोइरालालाई भोट नहाल्ने ८ घाती पत्ता लागे


कोइराला दलका नेता बनाउन क्रियाशिल देखीएका महामन्त्री कृष्णप्रसाद सिटौलालले समेत देउवालाई भोट दिएको प्रमाण भेटिएको भन्दै कोइराला कोटरीबाट उनलाई हटाउन दबाब परेको छ ।
पछील्लो समयमा सिटौला कोइरालाबाट टाढा हुनुको कारण यही नै रहेको चर्चा कांग्रेस नेताहरुबीच चलेको छ। सरकारी गुप्तचार संयन्त्रहरुको समेत रिपोर्टका आधारमा कोइरालालाई भोट नदिने कोइराला पक्षधरको नाम लिस्ट तयार पारिएको छ। जसमा महामन्त्री कृष्णप्रसाद सिटौला, अर्जुन नर्सिङ केसी, शेखर कोइराला, गगन कुमार थापा, जगदिश नर्सिङ केसी, अमृत अर्याल र अमरेश कुमार सिंह लगायतको नाम रहेको उच्च स्रोतले जनाएको छ।
पछिल्लो समयमा एमालेको सत्ता समिकरण नै बाइपास गरिएपछी कोइरालासंग टाढिएका सिटौला प्रति कोइराला कोटरीले शुरुमै शंका गरेको र पछिल्लो समयमा उनले भोट नदिएको पुष्टी भएको आनन्द ढुङगानाले खुलेआम कोइराला निवासमै बताएका छन्। कोइराला परिवारकै सुजाता कोइरालापनि शंकाको घेरमा परेकी छिन्।

, , ,

news and entertainment