एक घण्टा लगाएर मेकअप गरेपछि झन् एस्तो देखिए हिरोनिहरू
नायिकाहरुले मेकअपमा नै ढिलो गरिदिएपछि मलेसियामा आयोजना भएको ‘छैटौ नेफ्टा फिल्म अवार्ड’
निर्धारित समयमा सुरु हुन गाह्रो भयो । मेकअप कक्षमा पसेका हिरोइनहरु बाहिर निस्कन धेरै समय नै लाग्यो ।
मलेसियामा रहेका नेपाली दर्शकहरुमाँझ आफूलाई आकर्षक देखाउनु नायिकाहरुका लागि चुनौती नै थियो । यसैले पनि होला उनीहरुले पहिरनदेखि मेकअपमा खुबै ध्यान दिए । रेड कार्पेटमा नायिकाहरुमा सुन्दर देखिने तछाडमछाड नै चल्यो ।
नायिका करिश्मा मानन्धरदेखि बेनिशा हमाल, ऋचा शर्मा, नन्दिता केसी, निरुता सिंह, हर्षिका श्रेष्ठ, सौजन्य सुब्बा, नीता ढुंगाना, झरना थापा लगायतका नायिकाहरुले रेड कार्पेटमा आफूलाई अरु भन्दा आकर्षक देखाउन कुनै कसर बाँकी राखेनन् । नायिकाहरुलाई टक्कर दिदै पहिरन डिजाइनर निलिमा शर्मा पनि कम देखिइनन् । तपाइको बिचारमा कुन नायिकाको पहिरन आकर्षक देखियो, प्रतिक्रिया दिनुहोला ।
onlinekhabar.com

.jpg)




