जेलमा आफन्त भेट्न जाँदा प्रहरीकोले भेट्नेलाई नै जेलमा जाक्यो
फागुन १३महोत्तरी । महोत्तरी कारागारमा आफन्त भेट्न आएका दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
कारागारमा आफन्त भेट्न जाँदा चाइनिज पेस्तोल र दुई थान गोलीसहित सीमावर्ती भारतको सीतामढी जिल्लाको कृष्णनगर बस्ने ३० वर्षीय रीता सिंह र सीतामढी जिल्लाकै महुआवा गाउँका २५ वर्षीय नवीन सिंह पक्राउ परेका हुन् ।
उनीहरु पत्रकार उमा सिंह हत्या प्रकरणमा सजाय भोगिरहेकी ललिता सिंहलाई भेट्न गएका थिए । प्रहरीले कारागार छिर्ने बेलामा उनीहरुबाट दुई थान चाइनिज पेस्तोलको गोलीसहित पक्राउ गरेको हो ।
कारागार प्रशासनका अनुसार दुवैबारे आवश्यक सोधपुछ र अनुसन्धान सुरु भएको छ ।
