प्रेमीसंग बिहे गर्न नपाएपछि आत्महत्या

आफूले प्रेम गरेको केटासँग विवाह गर्न परिवारले अनुमती नदिएपछि महोत्तरीको माइस्थानमा एक युवतीले आत्महत्या गरेकी छन् । सिन्धुलीको कमलामाई नगरपालिका ११ भिमान घर भई महोत्तरीको माइस्थान ४ चेरुमा रहेको मामाघरमा आएकी २३ वर्षीया रक्षा पौडेलले घरको दलिनमा झुण्डिएर आत्महत्या गरेकी हुन् । स्नातकोत्तर अध्ययनको तयारीमा रहेकी रक्षाको आउँदो फागुन १४ गते विहे हुने तय भएको थियो ।

रक्षा र उनको प्रेमीको जात नमिल्ने भन्दै परिवारले विवाहको अनुमति नदिएपछि आत्महत्या गरेकी पारिवारिक स्रोतले जनाएको छ । रक्षाको केहीदिन अघि मात्र हेटौंडाका एक युवकसँग विवाहको लागि टिकाटालो समेत भइसकेको स्थानीय बासिन्दाले बताएका छन्
घटनाको अनुसन्धान सुरु गरिएको र युवतीको शव पोष्टमार्टमको लागि अञ्चल अस्पताल जनकपुर लगिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायव उपरीक्षक हरीप्रसाद शर्माले जानकारी दिए।

, ,

news and entertainment