रणवीरले दिपिकालाई बाथरुममा पनि नछोडेको कुरा खुलाशा भयो

नायक रणवीर सिंह र नायिका दीपिका पादुकोणको प्रेम यतिसम्म गहिरिन थालेको छ कि उनीहरु बाथरुमसम्म पनि छुट्टीन नसक्ने भएका छन् ।
हालै हेमा मिलिनी र धर्मेन्द्रकी छोरी आहनाको रिसेप्सन पार्टीमा सहभागी भएको यो जोडीको हर्कतले उपस्थीतलाई जिब्रोृ टोक्नुपर्ने अबस्थामा पु¥यायो ।

भीडलाई बेवास्ता गर्दै यो जोडी एकान्तमा यसरी गफिदै थियो कि मानौं उनीहरु बर्षौपछि भेट भएका छन् ।
यसैक्रममा दीपिका बाथरुमका लागि हिडिन् । तर, प्रेमी रणबीरले उनलाई त्यहाँ पनि पछ्याइहाले । दीपिकाले बाथरुममा काम नसक्दासम्म उनी बाथरुमको ढोका छेउमा कुरिबसे ।
कार्यक्रममा उनीहरु राम–लिलाको लोकप्रिय गीतमा नृत्य पनि गरे । पहिले रणवीर कपुर अभिनित फिल्मको गीत बदतमिज दिल बज्दा दुवैले सिटबाट उठ्ने जाँगर चलाएनन् । तर, जब राम लिलाको गीत बज्यो, तब दीपिका उठेर नाच्च थालिन, रणीवरले उनलाई साथ दिए ।
रामलिलाको सुटिङका दौरान यो जोडी नजिक भएको थियो । तर, फिल्म सकिएपछि पनि यो जोडी थुप्रै सार्वजनिक स्थानमा सँगै देखिएको छ । तर, उनीहरुले आफुहरु असल साथी मात्रै रहेको भन्दै अफयेरलाई अस्वीकार गर्दै आएका छन् ।

, , , ,

news and entertainment