मेगा बैङकको २ करोड ठग्नेको सूचना दिनेलाई तीन लाख पुरस्कारको घोषणा
काठमाडौं। कीर्ते गरी दुई करोड रुपैंया ठगी गर्नेको सूचना दिनेलाई मेगा बैंक नेपाल लिमिटेडले तीन लाख रुपैंया पुरष्कार घोषणा गरेको छ ।
अभियुक्तको फोटो सार्वजनिक गर्दै मेगा बैंकले उसको सूचना दिई पक्राउ गर्न सहयोग गर्ने व्यक्तिलाई तीन लाख रुपैंया पुरष्कार दिने घोषणा गरेको हो । मेगा बैंकमा रहेको टुरिजम डेभलपमेन्ट बैंकको खाताबाट अभियुक्तले दुई करोड नौ लाख ९० हजार रुपैंया ठगी गरेका थिए । बैंकको शाखा कार्यालय तथा क्लियरिङको माध्यमबाट राष्ट्रिय बाणिज्य बैंकबाट रकम ठगी भएको मेगा बैंकले जनाएको छ ।
घटनाका विषयमा मेगा बैंकले बिहीबार नै नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखामा उजुरी दिएको थियो, जुन अहिले अनुसन्धानको प्रक्रियामा छ ।
मेगा बैंकले अभियुक्तका बारेमा सूचना दिइ पक्राउका लागि सहयोग गर्न सर्वसाधारणलाई अपिल गरेको छ । पक्राउका लागि अभियुक्तको हालको अवस्था, यकीन सूचना तथा विस्तृत जानकारी नजिकको प्रहरी कार्यालय अथवा फोन नम्बर ९८०३९२५०३७ मा दिन मेगा बैंकले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

