७५ लाखको कपडा लगाएर आइटम नाँच गर्दै सोनाक्क्षी
सोनाक्षी सिन्हा सिल्भर स्क्रीनमा एक पटक पुनः आइटम नम्बरको झड्का लगाउने तयारीमा जुटेकी छन् । त्यसका लागि उनले अढाई करोड भारतीय रुपैयाँ लिने भएकी छन् ।
सोनाक्षी सिन्हा यतिबेला बोनी कपुरको चलचित्र ‘लेभर’ मा काम गरिरहेकी छन् । यो फिल्ममा सोनाक्षीमाथि एक आइटम नम्बर फिल्माइएकोछ । साजिद–वादिजको संगीत निर्देशनमा यो गीतमा रेमो डेसुजाका नृत्य निर्देशन छ । बोनी कपुरका अनुसार सोनाक्षी सिन्हाको यो गीत अहिलेसम्म सर्वश्रेष्ठ आइटम गीत सावित हुनेछ ।
यो गीतमा सोनाक्षी सिन्हाले ७५ लाख भारतीय रुपैयाँ बराबरको कपडा लगाउने छिन् । सोनाक्षी सिन्हाले यसअघि अक्षयकुमारको चलचित्र बोसमा आइटम नम्बर ‘पार्टी अल नाइट’ गरेकी थिइन् । स्रोतहरुका अनुसार सोनाक्षीले उक्त गीतका लागि ६ करोड भारतीय रुपैयाँ लिएकी थिइन् । अब लेभरका लागि उनले अढाई करोड लिएकी छन् । बोनी कपुरको चलचित्र लेभरमा सोनाक्षीका साथै अर्जुन कपुर र मनोज वाजपेयीले मुख्य भूमिका निर्वाह गर्ने छन् । एजेन्सी

