कतारमा नेपाली महिला दैनिक सात पटक बलात्कृत

कतार । लुकेर भारतीय भूमि हुँदै वैदेशिक रोजगारीमा आइपुगेकी २७ वर्षीया रंजना (नाउँ परिवर्तन) महिला यौन दुराचारीको फन्दामा परी दैनिक सात पटक बलात्कृत हुँदै आएकी छिन् ।

एउटा फैक्ट्रीमा काम गर्न आएकी ती महिलालाई लेवर मेटकीले फैक्ट्रीमा काम गराउनुको सट्टा गोदाममा राखी दिउँसै बलात्कार गर्दै आएको कुरा थाहा भएको छ ।

उनी अब विदेशमा नबस्ने भन्दै आए पनि तीन वर्ष बस्नै पर्ने र यौनदासी भई कार्य गर्नु पर्ने दवाव सहित दिनहुँ बलात्कृत हुँदै आएको उनलाई देख्ने अर्का लेवरले बताएका छन् ।

तीन दिन अघि रंजना बलात्कारको विरोध गर्दा चुरोटको ठुट्टाले तीघ्रामा पोलेको र स्तन दाँतले टोकेर घाउ बनाई दिएको पीडा सुन्दा विदेशमा लुकेर जाने नेपाली चेलीहरु बरु स्वदेशमा रुखोसुखो खाएर कार्य गर्नु पर्ने पीडित महिलाहरुले सुझाव दिएका छन् ।

,

news and entertainment