यसरि गरियो भारतीय राजधानीमा नेपाली चेलीको सामुहीक बलात्कार
१३ चैत, नयाँ दिल्ली ।
भारतको राजधानी नयाँ दिल्लीमा गए राति एक नेपाली युवती सामूहीक बलात्कारको शिकार भएकी छिन् ।
बुधबार राति दक्षिण दिल्लीमा १९ वर्षीया नेपाली युवती सामूहिक बलात्कारमा परेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
दिल्ली प्रहरीले वलात्कारमा संलग्न भएको अभियोगमा ३ जनालाई पक्राउ गरिसकेको बताएको छ ।
पक्राउ पर्नेमा भारतमा नावालिग भनिने कम उमेरका किशोर समेत छन् ।
दिल्लीको कुन्ज इलाकामा बलात्कारको घटना भएको दिल्ली प्रहरीले जनाएको छ ।
युवतीसँग चिनजान भएका एक युवकले युवतीलाई झुक्याएर एकान्त स्थलमा लगेको र साथीहरुसँग मिलेर बारम्बार बलात्कार गरेको प्रहरीको भनाइ छ । बलात्कार पछि बलात्कारीहरुले पुलिसमा खवर नगर्न युवतीलाई धम्की समेत दिएका थिए ।
बलात्कारमा संलग्न चौथो ब्यक्ति पनि युवतीले चिनेको युवक रहेको बताइएको छ । यद्यपी उ फरार छ ।
