झुर अभिनेत्री र अभिनेता भनी केरा अवार्ड पाए आमिर खान ,सोनाक्षी र अजयले

मुम्बई, चैत १७– यसवर्षको गोल्डेनकेला अवार्डमा सन् २०१३ का लागि अजय देवगन र सोनाक्षी सिन्हा सबैभन्दा खराब अभिनेता अभिनेत्री घोषित भएका छन् । इण्डिया ह्याविट्याट सेन्टरमा भएको छैठौं गोल्डेन केला अवार्डले बलिउडमा सन् २०१३मा खराब काम गर्नै कलाकारहरुलाई उक्त एवार्ड दिइएको थियो दिएको थियो । ¥याण्डम पत्रिकाले अनलाइन मत सर्वेक्षणद्वारा केला अवार्डका विजेता छनौट गर्ने गरेको छ । यसमा विजेतालाई केरा अकारको ट्रफी दिइने गरिन्छ ।
शनिबार भएको कार्यक्रममा धूम ३ बाट आमिर खानले पनि ‘वावरा हो गया क्या’ विधाको केला अवार्ड पाएका थिए । फिल्म ‘हिम्मतवाला’ बाट अजयले झुर र ‘आर राजकुमार’ बाट सोनाक्षीले झुर अभिनेत्रीको अवार्ड पाएका हुन् । झुर सहअभिनेताको हवार्ड ‘ये जवानी है दिवानी’ बाट आदित्य रोय कपुरलाई दिइयो । त्यस्तै सहअभिनेत्रीको अवार्ड भने फिल्म ‘रेस २’ बाट दिपिका पादुकोण, ज्याक्वेलिन फर्नाण्डेस र अमिशा पटेलले जिते ।
त्यस्तै, संजय लिला भन्सालीले ‘गोलियोकी रासलिला रामलिला’ बाट सबैभन्दा खराब निर्देशकको केला अवार्ड हात पारे । हिम्मतवालाले सबैभन्दा खराब चलचित्रको उपाधि पाएको थियो । यसरी केला अवार्ड पाउने अन्य कलाकारमा प्रियंका चोपडा, सन्नी देवल, विवेक ओबरोय र उदय चोपडा पनि रहेका छन् ।

, ,

news and entertainment