जहाजमा होली खेल्दा दुई पाइलटको जागिर चट्ट (भिडियो सहित)
एजेन्सी। स्पाइसजेट एयरलाइन्सका पाइलटहरुले जहाजमा होली खेल्दा आफ्नो जागिर गुमाउनु परेको छ।
स्रोतका अनुसार सोमवार होलीको दिनमा स्पाइसजेटका क्यावित क्रूका सदस्यहरुले एउटा हिन्दी फिल्मको गितमा नाचेका थिए। त्यस ‘हवाई होली’ मा केही यात्री पनि सहभागी भएको भारतीय सञ्चार माध्यममा खवर छ। यस ‘हवाई होली’ को पुरै घटनाको भिडियो यूट्यूब मा शेयर भइसकेको छ।
भिडियोमा एउटा पाइलट पनि
देखिएकाछन् जो ककपिटबाट बाहिर आएर ‘हवाई होली’ मा सहभागी भएका थिए।

भारतीय अधिकारिहरुका अनुसार क्याविन क्रूको त्यस्तो व्यवहार सुरक्षा नियमको उल्लन्घन भएको बताइएको छ। यस घटना पछि स्पाइजेटका दुई पाइलटलाई निलन्बित गरिसकेको समाचार भारतीय सञ्चार माध्याम नभभारत टाइम्समा छापिएको छ।