कसरि मालामाल भए मन्त्री महत अकुत सम्पत्तीको रहष्य खुल्यो

अर्थमन्त्री रामशरण महतसँग ९५ तोला सुन रहेछ । यो त उनी आफैले सार्वजनिक गरेको सुन हो । महतसँग यतिका सुन कसरी आयो ? यसबारेमा बुझ्न २०५५ सालतिर फर्कनु पर्ने भएको छ । २०५५ साल वैशाख २३ मा गठीत नौ सदस्यीय संसदीय छानबिन समितिले सुन तस्करीका बारेमा एउटा रोचक प्रतिबेदन सार्वजनिक ग¥यो । प्रतिबेदन अनुसार २०५० साल माघ २३ मा काठमाडौँ, बागबजार बस्ने मेहताव उदिन र नकिम उदिनले भन्सार कर्मचारीसँगको मिलेमतोमा चाँदीभित्र सुन लुकाई काठमाडौं ल्याए । तत्कालीन शाही नेपाल वायु सेवा निगमको आरए २३० को दुबई–काठमाडौँ उडानबाट सूर्यबहादुर महर्जनमार्फत ल्याइएको त्यो सुन पक्राउ प¥यो । उक्त प्रकरणमा तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले छानबिन नगर्न समितिका संसदीय Ram-saran-Mahat_20120101123827सभापतिलाई दबाब दिए । त्यसरी अर्थमन्त्रीले नै सुन तस्करमाथि कार्वाही नचलाउन दबाब दिएको तथ्य पनि संसदीय प्रतिवेदनमै उल्लेख छ । सुन तस्करीको जालो उच्चपदस्थ सरकारी कर्मचारी र मन्त्रीसम्म जोडिएको संकेत उक्त अध्ययन प्रतिवेदनले खुलाएको थियो । नेपालमा २०४६ सालपछि सुन तस्करी व्यापक रुपमा मौलायो । त्यो सुन तस्करीमा अर्थमन्त्रीकै मिलेमतो हुने गरेको तथ्य बिगत बाह« वर्षीय सँसदीय कालमै गठित एक छानविन समितिले पुष्टी गरेको थियो । सुन तस्करीका बारेमा पूर्वसांसद परि थापाको संयोजकत्वमा गठित राजस्व चुहावटको छानबिनसम्बन्धी संयुक्त संसदीय समितिले तयार पारेको प्रतिवेदनले त्यसबेला सुन तस्कर र राज्य संयन्त्रको साँठगाँठ उजागर गरेको थियो । थापाको प्रतिवेदनमा भनिएको थियो, ‘सरकार बदली हुनासाथ कतिपय अर्थमन्त्री, गृहमन्त्री र प्रधानमन्त्रीहरू तस्करी र भ्रष्टाचारमा संलग्न हुने प्रवृत्ति हिजो पनि थियो, आज पनि छ र भोलि पनि हुनेछ ।’ संसदीय कालमा पटक–पटकसम्म अर्थमन्त्री बनेका डा. महतको सुन कनेक्सन यसबाट पनि स्पष्ट हुन्छ । अकुत सम्पत्तीको रहष्य अर्थमन्त्री डा. रामशरण महत पुस्तौनी धनी बर्गमा पर्दैनन् । नुवाकोटमा परिवारको पुख्र्यौली सम्पत्ती खासै थिएन । डा. महतसँगै प्रजातन्त्र प्राप्तीको आन्दोलनमा लागेका नेपाली काँग्रेसका एक नेताका अनुसार कलेज पढदा महतको आर्थिक अवस्था दयनीय नै थियो । २०२८ सालतिर काठमाडौंमा पढन बस्दा उनी बिजुली बत्तीसमेत नभएको घरमा बस्थे । रत्नपार्कबाट भिडभाडयुक्त बसमा चेपिदै त्रिविविमा पढ्न जान्थे । ‘झुस्स दारी पालेको दुब्लो पातलो ख्याउटे अनुहार बोकेर महत पढन जान्थे’, ति नेता भन्छन, ‘धेरै पटक मैले नै उनलाई चिया नास्ता गराएको छु । विचरासँग खाजा खाने पैसासमेत हुँदैनथ्यो ।’ डा. महतले विभिन्न च्यानल मिलाएर भारतको पुना विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरे । अनि पेट पाल्न अर्थशास्त्र पढाउन थाले । २०४६ सालको जनआन्दोलनताका विश्व बैंकमा जागिर खान थालेपछि भने उनको आर्थिक हैसियतमा केही सुधार आयो । विश्वबैंकसँगको हिमचिमले उनको जीवनस्तर उकास्न थालेको देखिन्छ । २०४६ सालको परिवर्तनपछि गिरिजाप्रसाद कोइरालाले महतलाई नेपाल डाके र योजना आयोगको उपाध्यक्ष बनाए । योजना आयोगको उपाध्यक्ष हुँदै पटक–पटक अर्थमन्त्री भएका डा.महतले यसअवधिमा अकुत सम्पत्ती जोडेको हालै सार्वजनिक उनको सम्पत्ती विवरणबाट देखिन्छ । सम्पति विवरण अनुसार वर्तमान कोइराला सरकारमा सबैभन्दा धनी मन्त्री डा.महत देखिएका छन् । विवरण अनुसार उनको साथमा सुन ९५ तोला र चाँदी २ हजार १ सय तोला छ । हिमालयन र स्टान्डर्ड चार्टर्ड बैंकमा गरी २५ हजार ८३४ अमेरिकी डलर छ । त्यसैगरी हिमालय बैंकमा १० लाख ९५ हजार, नेपाल बैंकमा ८ लाख ८८ हजार, सप्तगण्डकी सहकारीमा ६ लाख ७७ हजार र ७ लाख ९६ हजार, इन्भेस्टमेन्ट बैंकमा ५ लाख ५७ हजार, एस डेभलपमेन्ट बैंकमा २१ लाख ६० हजार र नागरिक लगानी कोषमा २ लाख ५५ हजार रुपैयाँ छ । यति मात्र हैन, करिब २४ लाख रुपियाँ बराबरको धितोपत्र, सेयर र ऋणपत्र पनि महतको नाममा देखिन्छ । उनका साथमा मारुती कार र टोयोटा जिप गरी दुई वटा गाडी पनि छ । पश्चिमालाई रिझाउने तरिका विद्यार्थी कालसम्म आर्थिक विपन्नतासँग लडेका डा. महतले यत्रो सम्पत्ती कसरी कमाए ? भन्ने प्रश्न खडा भएको छ । रातोपाटीलाई प्राप्त विवरण अनुसार उनले यो सम्पत्ती बिगत बाह« वर्षे संसदीय कालखण्डमा कमाएका हुन् । धेरैलाई थाहा छ, डा.महतले नेपालमा आर्थिक उदारिकरण भित्रयाए । २०४८ देखि २०५१ सालसम्म योजना आयोगको उपाध्यक्ष हुँदा महतले विश्व बैंकका एजेन्डालाई नेपालमा लागू गराएका थिए । ‘बजारमुखी अर्थतन्त्र, उदारीकरण र निजीकरण लागू गरेर उनले काँग्रेसको प्रजातान्त्रिक समाजवादलाई टुकुचामा बगाए’, महतका एक सहयात्रीले रातोपाटीलाई भने, ‘पश्चिमा मोडेलको विकास भित्रयाएर उनले पश्चिमालाई रिझाए । उनको कमाइको मुख्य श्रोत त्यही हो ।’ २०४८ सालको संसदीय निर्वाचनमा गृहजिल्ला नुवाकोटबाट हारेका डा. महतलाई त्यसबेला विश्व बैंकको तिब्र दबाबमै गिरिजाप्रसाद कोइरालाले योजना आयोगको उपाध्यक्ष बनाएका हुन् । विश्व बैंकको दबाबका कारण कोइरालाले त्यसबेला सर्वोच्च नेता गणेशनमान सिंहको चित्त कुँडाएर दुर्गेशमान सिंहको साटो महतलाई उपाध्यक्ष बनाएका थिए । कोइरालाले दुर्गेशमानलाई योजना आयोगको उपाध्यक्ष नबनाएर महतलाई काखी च्यापेकै कारण एकातिर काँग्रेसमा अन्र्तकलह चर्कियो, छत्तिसे र चौहत्तरे जन्मीए भने अर्कोतीर महतले लागू गरेको उदारीकरण र निजिकरणका कारण रुस र चीनले दिएका कलकारखाना कौडीको मौलमा विक्री गरियो । यसक्रममा महतले टन्नै कमीसन कुम्ल्याएको चर्चा अहिले पनि पुराना काँग्रेसजन गर्ने गर्छन् । भन्सार र कमिसन महतको आर्थिक उन्नतीको अर्को आधार हो, भन्सार र कमीसन । २०५१ सालमा नुवाकोटबाट सांसद बनेका महतलाई तात्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री बनाए । २०५४ र २०५६ सालमा दुईपटक अर्थमन्त्री बनेका महतले नै नेपालमा कमीसनको जालो फैलाएको आरोप लाग्दै आएको छ । सरकारीस्तरबाट कुनै डिल भएमा राज्यले पाउने कमीसनलाई उनले व्यक्तिमा सारे अनी त्यस्ता धेरै आर्थिक सम्झौताको कमीसन कुम्ल्याएको आर्थिक क्षेत्रका ज्ञाता बताउँछन् । सिंगो मुलुकलाई खुला भन्सारमा परिणत गरेका महतले काखी च्यापेका भरतबहादुर कार्की भ्रष्टाचारको अभियोगमा जेल परे । डा.महतले राष्ट्र बैंकको गर्भनर बनाएका डा. तिलक रावलले बैंक तथा वित्तीय संस्थालाई जथाभावी अनुमती दिदा त्यसले मुलुकमा निम्त्याएको बित्तिय अराजकता अहिलेसम्म जारी छ । रावलसँग मिलेर महतले बैकिङ क्षेत्रबाट पनि मनग्य कमाए । महतले देवेन्द्रप्रताप शाहलाई बिमा संस्थानको महाप्रबन्ध र बीमा समितिको अध्यक्ष बनाए पनि शाहकै कार्यकालमा विमा क्षेत्र चौपट भयो । चन्दा माग्दै बैंकमा राख्दै पटक–पटक अर्थमन्त्री भएकाले महतले भनेको उद्यमी–व्यापारीले मान्ने गरेका छन् । हालैको सँविधानसभा निर्वाचनका लागि उनले धेरै उद्यमी व्यापारी र विदेशीसँगसमेत चन्दा उठाएको नुवाकोटकै काँग्रेसी कार्यकर्ता बताउँछन् । ‘चुनाव लडनुप¥यो, जितेमा अर्थमन्त्री हुने मै हुँ, चुनाव खर्च भएन, लौ न सहयोग गरौं’ भन्दै उनले एकातिर व्यापक चन्दा उठाए । बैंकमा लाखौंको ब्यालेन्स हुँदा हुँदै चुनाव खर्चको नाममा उनले चन्दा उठाएको देखेर अहिले उनलाई चन्दा दिने उद्यमी, व्यापारी र कतिपय पश्चिमा वित्तिय निकाय पनि छक्क परेका छन् । - See more at: http://www.ratopati.com

,

news and entertainment