सैनिक छापाका क्रममा २ सैनिक अधिकारि सहित ९ जनाको मृत्यु
छापाको क्रममा मारिनेमा दुइ जना विस्फोटक पदार्थ समबन्धिका बिज्ञ , एकजना जेनरल तथा एक जना कोलोनेल रहेका छन् । यी चार बाहेक अनसार बय्त अल माक्दिसका ५ जना सदस्यहरु रहेका छन् । अन्तरिक मन्त्रालयको जानकारी अनुसार मारिने बाहेक निकै सक्रिय रहेको यस लडाकु समूहको अन्य ४ जना घाइते भएका छन् । त्यस्तै अग्री एर्का एक सैनिक अधिकारि पनि घाइते भएको बताइएको छ ।
जानकारी अनुसार त्यस समूहले एक काठ उत्पादन गरिने गोदामलाइ आफ्नो अड्डाको रुपमा प्रयोग गर्दै आएको थियो । छापा मार्ने क्रममा सैनिक तथा यस समूह ब्चिह केहि घण्टा सम्म दोहोरो भिडन्त भएको जानकारी प्राप्त भएको छ ।
सयुक्त राज्य अमेरिकाले आतंकबादी समूह भएको घोषणा गरेको यस अनसार बय्त अल माक्दि समूह इजिप्टमा भएका विभिन्न खाले हमलाहरुको दोषी रहेको छ । यही समूहले जनवरीमा ६ जनाको मृत्यु हुने गरि भएको ४ ओटा विस्फोटको जिम्मा पनि लिएको थियो ।
स्रोत : एजेन्सी