नेपालको ऐतिहासिक जीत, अफगानिस्तान पहिलो पटक पराजित
६ चैत,काठमाडौं। नेपालले टी-२० विश्वकपको तेस्रो खेलमा अफगानिस्तानलाई ९ रनले पराजित गरेको छ। नेपालले टी-२० मा अफगानिस्तानलाई पराजित गरेको यो पहिलो पटक हो।
नेपालले अफगानिस्तानलाई रनमा रोकेको हो। नेपालका लागि बलरहरु जितेन्द्र मुखिया ३ , शक्ति गौचन २ र सोमपाल कामीले २ विकेट लिएका थिए।
बसन्त रेग्मी बाहेकका बलरहरुले अफगानी बलरलाई दबाबमा राखेका थिए।
बसन्त रेग्मी आज निकै महंगो सावित भए।
नेपालले सयअघि पहिले ब्याटिङ गर्दै अफगानिस्तानलाइ रनको चुनौती दिएको थियो। नेपालका लागि सुभास खकुरेलले ५६ रन ज्ञानेन्द्र मल्लले १३ बलमा २२ रन र शरद भेषवाकरले ३७ रन बनाएका थिए।
नेपालले आफ्नो पहिलो खेलमा हङकङलाई पराजित गरेको थियो भने दोस्रो खेलमा बंगलादेशसंग पराजित भएको थियो। बंगलादेशले आजै हुने खेलमा हङकङसंग ठुलो अन्तरला हार बेहोरेमा नेपालको दोस्रो चरणमा जाने झिनो संभावना छ।
http://nepaliheadlines.com/