सौजन्य र ऋचालाई दुई हिरोको माया गर्न आग्रह
वैशाख १९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘माया गर ल’को निर्माण यूनिट यतिबेला दौडधुपमा व्यस्त छ । निर्देशक मदन घिमिरेले बनाएको चलचित्रलाई रामकेशर बोगटीले निर्माण गरेका हुन् ।
चलचित्रमा सौजन्य सुब्बा, ऋचा सिंह ठकुरी, मुकेश ढकाल, भूपेन चन्द लगायतका कलाकारले अभिनय गरेका छन् । चारै जना कलाकार सिनेमाको प्रमोशनमा खासै सक्रिय छैनन् । चलचित्रमा सुरेश अधिकारीको संगीत छ ।
चलचित्रकर्मीको भाषामा मूलधारको भनिने सिनेमा बनाउन निर्देशक मदन घिमिरे खप्पिस छन् । चलचित्रले नेपाली सिनेमालाई लामो समयदेखि माया गर्दै आएका दर्शकले रुचाउने विश्वास गरिएको छ ।
