भट्टराईले एमबीए अध्यनरत्सँग भने, 'आर्थिक क्रान्तिमा सहभागी हुनुहोस्
काठमाडौ, चैत्र १४ - एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले शुक्रबार काठमाडौं बिश्वविद्यालय अन्तर्गत व्यवस्थापन संकायका विद्यार्थीसंग अन्तक्रिया गरेका छन् ।
विश्वविद्यालयको ललितपुर बालकुमारी स्थित एम
बीए संकायमा अध्ययन गरिरहेका विद्यार्थीलाई एक घण्टाको कक्षा लिदै उनले भने, 'नेपालको विकास क्रान्तिमा सहभागी हुनुहोस्, आजैदेखि आफ्नो व्यवसाय संचालन गर्नेबारे सोच्नुस् । आफू पनि रोजगार पाउनुस बन्नुहोस्, अरुलाई पनि रोजगारी दिनुहोस् ।'
'नेपालको सामाजिक र आर्थिक रुपान्तरण' विषयमा उनले ब्याख्या गरेका थिए । नेपालको आर्थिक विकासका लागि वैदेशिक लगानी भित्र्याउनु पर्ने, मुलुकमा कृषि, पर्यटन, भौतिक पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।
मुलुकको विकासका लागि चीन र भारतबीच गतिशील पुल बन्नु पर्ने उल्लेख गर्दै उनले दुबै देशको आर्थिक विकासबाट फाइदा लिनुपर्ने उनको भनाइ थियो । 'समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि पुँजीवादका सकरात्मक पक्षलाई लिन आवश्यक छ' उनको भनाइ थियो, 'हाल मुलुक संक्रमणकालीन अर्थतन्त्रमा भएकाले आर्थिक विकासलाई मुख्य जोड दिन आवश्यक हुन्छ ।' कुनै देशको नक्कल गरेर आर्थिक विकास हुन नसक्ने उल्लेख गरे ।
उनले आफू युवा विद्यार्थीबीच अन्तक्रिर्या गरेर सिक्न आएको बताए । 'म पढाउन आएको होइन, युवा विद्यार्थीसंग विचार आदानप्रदान गर्न आएको हु' उनले भने, 'विश्वविद्यालयमा अन्तक्रिर्या गर्दा नयाँ कुरा सिक्ने अवसर मिल्छ ।' विद्यार्थीले राखेका जिज्ञासको उत्तर दिंदै उनले भने, 'राजनीतिक क्रान्तिमा लाग्ने/नलाग्ने तपाईको कुरा हो । तर आर्थिक क्रान्तिमा अवश्य सहभागी हुनुहोस् ।'
- See more at: http://www.ekantipur.com
