आफ्नै छोरी बलात्कार गर्ने पत्रकार


आफ्नै छोरी बलात्कार गर्ने एमाले भातृ संगठन प्रेस चौतारीका नेता रमेश पोखरेलबषौ देखि छोरी बलात्कार गदै आएका पत्रकार नेता पोखरेल पक्राउ
आफ्नै छोरी बलात्कार गर्ने एमाले भातृ संगठन प्रेस चौतारीका नेता रमेश पोखरेल यतिबेला प्रहरी खोरमा छन् । पत्रकार तथा प्रेस चौतारीका केन्द्रीय सदस्य पोखरेललाई आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । केहि दिन देखि बलात्कारको आरोपमा पक्राउ परेका पोख्रेल अर्धभूमिगत रहेका थिए । अर्धभूमिगत हुँदै गर्दा उनी प्रेस चौतारीको बैठकमा आएका थिए । बिश्वस्त श्रोतले भन्यो, काठमाडौंको बागबजारस्थित कार्यालयमा एमाले प्रेस चौतारी नेपालको बैठक बसिरहेको थियो । बैठक स्थलमा अचानक प्रहरी पुगेपछि केहीछिन त सन्नटा नै छायो । सबैले मुखामुख गर्न थाले ।
प्रेस चौतारीको केन्द्रीय बैठकमा भाग लिन झापाबाट आएका पूर्वान्चल इन्चार्ज समेत रहेका पोखरेललाई सिंहदरबार प्रहरी वृतले शनिबार राजधानीको बागबजारमा प्रेस चौतारी केन्द्रीय समितिको बैठक बसिरहेका बेला पक्राउ गरेको हो । पोखरेललाई पक्राउ गरि हनुमानढोका पठाएको छ । पोखरेल विरुद्ध उनकै पत्निले प्रहरी समक्ष उजुरी दिएकी थिइन् । प्रहरी स्रोतका अनुसार उनी माथि हाडनाता, जर्वजस्ती करणी, र बाल यौन दुव्र्यबहारका तीनवटा मुद्दा लगाइने भएको छ । आइतबार उनलाई म्याद थपका लागि जिलला अदालत लैजाने तयारी छ । स्रोतका अनुसार उनले छोरीमाथि कक्षा ७ मा पढ्दा देखि नै जर्वजस्ती करणी गर्दै आएका थिए । उनी अहिले कक्षा १० मा अध्यनरत छन् ।
लामो समयको पीडा पछि मात्रै उनले आमालाई पीडा सुनाएपछि प्रहरीमा उजुरी दिइएको थियो । प्रहरीले पक्राउ गरे लगत्र्तै केही युवाहरुले प्रेस चौतारीको कार्यालय तोडफोडको प्रयास समेत गरेका थिए ।

, ,

news and entertainment