लक्ष्मी काफ्ले, विर्तामोड, ९ चैत - नेपालमा रोजगारीको अभाव भएपछि परिवार धान्नु पर्ने बाध्यताका कारण दुइ वर्ष अघि विदेश गएका हुन् उनी । बढ्दो गरिवी र वेरोजगारीका कारण विदेश जानु उनका लागि रहर थिएन । आफ्नो परिवारलाई सुखसँग पाल्ने उनको सपना खेर गएको छ । उनी अब बाँकी रहेनन् ।
घटना हो कुवेतको । पैसा कमाउन कुवेत गएका झापा गोल्धापका ऋषिराज त्रितालको कुवेतमा नै मुत्यु भएको छ । गत चैत एक गते विहान कुवेतमा सडक दुर्घटनामा परेका ३६ वर्षीय त्रितालको मुत्यु भएको हो । मुत्यु भएका त्रितालको शनिवार दिउँसो १ बजे घरमा शव ल्याइएको थियो । शव घरमा ल्याएसँगै गोलधापबासीहरु शोकमा डुवेका छन् । गोलधाप ४ लंगडा चौकका त्रितालले संगालेको मिठो सपना समेत चकनाचुर भएको हो । ६८ सालको कात्तिकमा कतारबाट फर्किएर अझ धेरै कमाउन कुवेत गएका त्रितालको आउँदो दशैमा मात्रै घर आउने तयारी थियो तर चैते दशै आउनु अघि नै त्रितालले बुढेसकालमा बुवा आमालाइ छोडेर गएका छन् ।
उता मृतकका एक मात्रै दाजु विष्णु भने भाइको मुत्युको समाचार सुनेर पनि घरमा रहन पाएनन् । उनको नेपाली सेनाको शान्ति सेनामा लेवनानको लागि चैत्र २ गतेको टिकट भइसकेकोले पनि दाजु विष्णुले भाइको शव भेट्न सकेनन् । बुवा योगराज र आमा जानुकासँग गहभरी आँशु बगाउन बाहेक अर्काे विकल्प नै थिएन ।
यसरि भएको थियो सुनौलो सपना पूरा गर्न विदेश पुगेका ऋषिको निधन
news and entertainment
