दृष्टिबिहिन चर्चित गायक प्रकाश तिमिल्सिनाको सहयोगार्थ इजरायलमा नेपाली नयाँ बर्ष - २०७१ शुभकामना साँझ आयोजना गरिने भएको छ। गायक बाबु बोगटीको साथमा प्रकाश तिमिल्सिना आँफै उपस्थित रहने सो कार्यक्रमबाट संकलित रकम तिमिल्सिनाले आफ्नो आँखा प्रत्यारोपणमा खर्च गर्नेछन्। चिकित्सकको
सल्लाहमा आँखा प्रत्यारोपण गर्न सकिने र त्यसको लागि झण्डै पैँतालिस लाख लाग्ने भएपछि सहयोगको लागि कार्यक्रम आयोजना गरिएको आयोजक संस्था न्यू भिजन इन्टरप्राईजेजका तेञ्जिङ् शेर्पाले बताए। गायक तिमिल्सिनाका ‘प्रिय तिम्रो सिउँदोमा’, ‘खल्ली’ लगाएतका थुप्रै गीतहरु चर्चित छन्। साथै उनले बिभिन्न स्टेज कार्यक्रमहरुमा समेत आफ्नो कला सुनाई सकेका छन्। २०४५ सालको भयानक भुईँचालोमा माता-पिता गुमाएका प्रकाश पनि खोलाले बगाउँदै गर्दा माझीको जालमा अल्झेर बाँचेका थिए। सानैबाट हजुरआमाको सहारामा हुर्केका यि प्रतिभाशाली गायकले तपाईँ हामीले देखीरहेको रंगीन संसार नियाल्न नपाएपनि आफ्नै दुनियाबाट तपाईहामीलाई सुरिलो गीतले मन्त्रमुग्ध पारिरहेका छन्। यी गायकले यो रंगीन दुनियालाई आँखाले नियाल्न चाहन्छन् जसको लागि मोटो रकम आवश्यकता छ। 'आफ्नो जायजेथाले मात्रै उनले संसार हेर्न पाउन असम्भन छ', त्यसैले इजरायलमा नेपाली नयाँ बर्ष २०७१ शुभकामना साँझ आयोजना गर्न लागिएको शेर्पाले बताए। Ben Avigdor-4n, Tel-Aviv को केन्द्रिय बस स्टेशन नजिकै सो कार्यक्रम हुने भएको छ। कार्यक्रम आउदो १८ एप्रिल शुक्रबार साँझ ८ बजेबाट हुने आयोजक सस्थाले बताईएको छ।
इजरायलमा दृष्टिबिहीन गायक प्रकाश तिमिल्सिनाको सहयोगार्थ कार्यक्रम हुँदै संकलित रकम तिमिल्सिनाले आफ्नो आँखा प्रत्यारोपण खर्च गरिने
news and entertainment
