गुण्डा तह लगाउन गृहमन्त्रीको नया यस्तो निर्देशन

२७ फागुन, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री गौतमले लोकप्रियताका लागि भन्दा पनि मुलुकवासीको शान्ति सुरक्षाका लागि गुण्डागर्दी गर्ने तत्वविरुद्ध कारवाही थाल्न प्रहरीलाई निर्देशन दिएका छन् । उनले गुण्डागर्दी गर्नेका विरुद्ध सशक्त भएर लाग्न प्रहरीलाई निर्देशन दिएका हुन् । प्रहरी प्रधान कार्यालय काठमाण्डौंमा आज प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिदैं उनले सांगठनिक अपराध बढेको भन्दै मुलुकको शान्ति सुव्यवस्था कायम गर्न समेत निर्देशन दिएका छन् ।

bamdev-gautam
काठमाण्डौं प्रहरी प्रमुखमा रमेश खरेल आएपछि शान्ति सुरक्षा बिगार्ने गुण्डाहरुलाई तह लगाएको प्रसंग उल्लेख गर्दै उनले आफू गृहमन्त्री भएर आएपछि देशैभरका गुण्डाहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् । देशमा हाल संगठित रुपमा अपराध मौलाएको भन्दै उनले त्यस्ता समूह विरुद्ध कारवाही गर्दा कसैको दबाबको पर्वाह नगर्न पनि उनले निर्देशन दिएका छन् । उपप्रधान तथा गृहमन्त्री गौतमले लामो समयदेखि रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा योग्यता, क्षमता र दक्षताको आधारमा दुई/तीन दिनभित्रै पदपूर्ति गरिने बताएका छन् ।

,

news and entertainment