सशस्त्र बलका उच्च अधिकृतलाई गृहमन्त्रीको निर्देशन- 'चाकडी नगर्नुस्

काठमाडौं, चैत्र १२ - उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले चाकडी गरेर उच्च पदमा जाने आकांक्षा नपाल्न सशस्त्र बलका उच्च अधिकृतलाई निर्देशन दिएका छन् । उनले सधैं चेन अफ कमाण्डमा रहेर कार्य गर्न सुझाए ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालयको बुधबार निरीक्षणपछि उपप्रधान तथा गृहमन्त्री गौतमले व्यक्तिको स्वाभिमानमा असर पार्ने गरी कसैले काम गर्न नहुनेतर्फ सचेत गराए । गौतमले संगठनमा सेवा प्रवेश गर्ने सवैले माथिल्लो पदमा जाने आकांक्षा राखेको हुने तर चाकडी गरेर अगाडि जानखोज्न नहुने उल्लेख गरे ।Bamdev
'त्यो सिटमा एक जना मात्रै जाने हो, मतभिन्नता गर्नुहुँदैन, भिन्नता भएमा फौज छाडी दिनुपर्छ,' उपप्रधान तथा गृहमन्त्री गौतमले भने, 'कहिल्यै पनि मतभेद गर्नुहुँदैन, यसले फोर्स बिगार्छ ।'
संगठनभित्र आदेश दिन र मान्न कमजोरी हुन नहुने तथा मान्छे मन पर्‍यो वा परेन नभनि आदेशको पूर्णरुपमा पालना गर्नुपर्ने कुरा समेत उनले उल्लेख गरे । समस्या केही भएमा कमाण्डर मार्फत राख्न आग्रह गर्दै उनले समस्या सुन्न आफू तयार रहेको बताए ।
गृह सचिव जनार्दन नेपालले सशस्त्र प्रहरीले आफूलाई अब्बल दर्जाको फौजको रुपमा उभ्याउन सफल भएको बताए ।
सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले उपलब्ध श्रोत साधनको अधिकतम उपयोग गरी उपलब्धी पूर्ण कार्यसम्पादन गर्न संगठन कृयाशिल रहेको बताए ।
- See more at: http://www.ekantipur.com

, ,

news and entertainment