सुशील र प्रचण्डलाई यसरी झपारे नेपालले

११ चैत, काठमाडौ । आपसी असमझदारी हटाएर सरकार र संसदका क्रिर्याकलाप निर्वाद अगाडी बढाउन मंगलवार बिहान बालुवाटारमा जुटेका तीन ठूला दलका नेताबीच समयमा उपस्थित नभएका बारे घोचपेच चलेको छ ।

आफैले सरकारी निवासमा पाहुना बोलाएर प्रधानमन्त्री सुशील कोइराला २५ मिनेट ढिलोगरी प्रकट भएपछि समयको मामिलामा कठोर मानिने एमाले बरिष्ठ नेता माधवकुमार नेपालको खप्की खानु परेको हो ।

madhav kumar nepal
जम्लाहात गर्दै बैठक कक्षमा पसेका सुशीललाई नेता नेपालले प्रधानमन्त्री हुना साथ ढिलै आउनु पर्छ भन्ने भ्रम छ कि क्या हो ? पाहुनालाई स्वागत गर्न पहिले नै तैनाथ भएर बस्नु पर्ने होइन ? भनि थर्काएका थिए । त्यसको स्पष्टीकरणमा सुशीलले भने–म त तयारै थिए, के–के काम आइलागेर ‘ऊ’ भयो ।

त्यसपछि गाली खाने पालो अझै ढिलागरी आउने प्रचण्डको थियो । नेपालले उनलाई पनि बाकी राखेनन र भनिहाले – तपाईमा पनि अझै ठूलै छु भन्ने अहंकार बाँकी छ कि क्या हो ?

नेपालको थर्काइ लगत्तै सुरु भएको सो भेलामा उच्चस्तरिय राजनीतिक संयन्त्र बनाउने प्रस्ताव एमाओवादीले उठायो । तर सुशीलले हुन्न भने । प्रमको कुरामा अरुले टिप्पणी नै नगरी उनलाई दपेटने काम शेरबहादुर देउवाको काधमा आइलाग्यो । उनले भने ‘पहिला सही गर्ने अनि अहिले हुन्न भन्न मिल्छ ?’ जनआस्था साप्ताहिकबाट

,

news and entertainment