काभ्रे, ११ चैत : जिल्ला अदालत काभ्रेले आफ्नै भतिजी नाता पर्ने एक किशोरीलाई अबैध गर्भ बोकाई उनीबाट जन्मेको शिशुको हत्या गर्ने एक शिक्षकलाई सर्वस्वसहित जन्मकैदको सजाँय सुनाएको छ । जिल्ला न्यायाधिश ईश्वरराज आचार्यको ईजलाशाले जर्वजस्ती करणी, हाडनाता करणी र कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका काभ्रेको विर्तादेउराली गाविस ७ बस्ने दिनेश भन्ने सुरज थापालाई ऊक्त सजाँयको फैसला सुनाएको जिल्ला अदालत काभ्रेले जनाएको छ ।
त्यसैगरि अदालतले शिशुको हत्यामा संलग्न देखिएकी प्रमिला थापालाई मुलुकी ऐनको ज्यानसम्बन्धी महलको १३(३) नम्बर बमोजिम बीस वर्ष कैद सजाँय सुनाएको छ । थापाले आफ्नै १३ दिने नाता पर्ने भतिजीलाई लामो समयदेखि ट्युशन पढाउने नाममा करणी गर्दै अबैध गर्भ बोकाएका थिए । अदालतले अबैध गर्भ बोकेकी स्वस्थानी थापालाई ६ महिनाको कैद सजाँयको फैसला सुनाएको छ । पूर्पक्षका लागि थुनामा रहेकी स्वस्थानीकी आमा प्रमिलाको सहयोगमा २०७० असोज १ गते स्थानीय भदौरे खोल्सामा शिशुको हत्या गरि गाडेको अदालतमा बयान दिएका थिए ।
अबैध गर्भबाट जन्मेको शिशुलाई आफुले जसरी पनि पाल्ने अडान लिएकी स्वस्थानीबाट दिनेश र प्रमिलाले शिशु खोसी लगेर हत्या गरि गाडेको बयान दिएकी थिइन् । अदालतले स्वस्थानीलाई मूलुकी ऐनको ज्यान सम्बन्धी महलको १७(३) नम्बर बमोजिम ६ महिनाको कैद सजाँयको फैसला सुनाएको जनाएको छ । पूर्पक्षका लागि थुनामा रहेकी स्वस्थानीले ६ महिना कैद भुक्तान गरिसकेकोले आज नै रिहा भएकी छन् । अदालते तीनै जनालाई गत असोज ६ गते पूर्पक्षका लागि थुनमा राख्ने आदेश दिएको थियो ।
काभ्रेमा भतिजिलाई गर्भ बोकाएर जन्माएको शिशु मार्नेलाई जन्मकैद
news and entertainment
