हेमाको नजरमा बेडसिनका लागि राजेश भन्दा सौगात उत्तम

hema-shreshta
धेरै नायिकाहरुका लागि ‘हँसिया’ हिरोइनको यस्तो तर्क अचम्म लाग्ने खालको हुनसक्छ । तर सबैको हेराई एउटै हुन्छ भन्ने पनि छैन । रोमान्टिक सिनेमाका लागि उनले राजेश हमाल र सौगात मल्ललाई नै रोजिन् ।
‘हँसिया’मा याक्सनका दृश्य दिएर चर्चामा आएकी हेमा श्रेष्ठ त्यस्ती पात्र हुन्, जो अब रोमान्टिक सिनेमा खेल्न चाहन्छिन् । चलचित्रको पर्दामा हिरोसँग मस्ती, उनको नयाँ चाहना हो । अनलाइनखबरसँगको बिशेष भेटमा हेमाले जीवनका थुप्रै कुराहरु खोलिन् ।
तेक्वान्दो खेलाडी तथा मोडल हेमालाई ‘हँसिया’को प्रोमो हेरिसकेपछि थुप्रै सिनेमाको अफर आएका छन् । उसो त तत्काल सिनेमा गरिहाल्ने सोचाई उनमा छैन ।
रोमान्टिक सिनेमाको कुरा गर्दै जाँदा अनलाइनखबरले उनलाई कुन नायकसँग भनी प्रश्न गर्‍यो । जवाफमा केही समय अनकनाएकी हेमाले सुरुवातमा राजेश हमालको नाम लिइन् । तर उनको मन यसै मानेन । सौगात मल्लले ‘कागवेनी’मा दिएको बेडसिनको दृश्यले उनलाई आकर्षण गर्‍यो ।
राजेश हमालको भन्दा सौगात मल्लले दिएको बेडसिन उनका लागि स्तरिय लागेको पक्का थियो । तुलानात्मक रुपमा उनी सौगातसँग रोमान्स गर्न चाहन्छिन् । ‘बेडसिनका लागि पनि सौगात नै उत्तम छन्’, हेमाले कुराको पोको खोलिन् ।
- See more at: http://www.onlinekhabar.com

,

news and entertainment