कतार एयरवेजमा यात्रुले जिते एक मिलियन डलर

१२ चैत, काठमाण्डौ । कतार एयरवेजको ड्युटी फ्री सुविधा लिने क्रममा ग्रीक नागरिक अलेक्जेण्डर पेरिससले एक मिलियन अमेरिकी डलर नगद पुरस्कार हात पारेका छन् । फिलिपिनो नागरिक रडलियो लियोनार्दोले एस्टन मार्टिन भीए एट कार पाएका छन् ।
दोहा विमानस्थलमा यसै साता आयोजित लक्की ड्रमा उनीहरु पुरस्कृत भएका हुन् ।
दोहा अन्तर्राष्ट्रिय विमानस्थलको ट्रान्जिटमा यात्रुले राफल टिकट किनेपछि यो पुरस्कार योजनामा सहभागी हुन पाउँछन् । गत वर्ष नेपाली नागरिक डिल्लीराम पराजुलीले एक मिलियन डलर पुरस्कार पाएका थिए ।
पुरस्कार पाएपछि पेरिससले भने ‘मैले लाखौं डलर पुरस्कार जितुँला भन्ने कहिले पनि चिताएको थिइँन, अब यो पुरस्कारले मेरो जीवन नै परिवर्तन हुनेछ ।’ उनले पुरस्कार जित्ने अवसर जुटाइदिएकोमा कतार एयरवेजप्रति कृतज्ञता पनि जनाए ।
कतार एयरवेजका प्रमुख कार्यकारी अधिकृत अकबर अल बेकरले पुरस्कार प्रदान गरेका थिए । यो पुरस्कार १५ औं चरणको हो । सन् २००६, मे मा यो पुरस्कार योजना लागू भएको थियो ।

,

news and entertainment