आफ्नै फिल्मको रेखालाई मतलब नभएपछि

archana-and-sabin
नायिका रेखा थापाले बारम्बार आउछु भनेर पनि नआएपछि नव निर्माता सुमन बिष्ट खुबै चिन्तित थिए । ‘उहाँले आउछु भन्नुभयो तर आउनु भएन’, कलाकारबाट नै साथ नपाएपछि सुमनले यस्तो चिन्ता जाहेर गरे ।
पहिलो पटक उनले बनाएको चलचित्र ‘दमदार’को पत्रकार सम्मेलनमा रेखा नआउँदा आइटम गर्ल अर्चना देलाललाई फाइदा पुग्यो । बर्थ डे ब्याई सविन श्रेष्ठ र उनी फोटोसेसनमा व्यस्त देखिए । निर्देशक तथा संगीतकार कमल कृष्णले पनि रेखाको अनुपस्थितीमा खिन्नता प्रकट गरे ।
कार्यक्रममा चलचित्रको अडियो बिमोचन गरियो । चलचित्रको प्रोमोलाई सबैले व्यवसायिक भनेपछि सुमनको मन केही शान्त देखियो । चलचित्रमा सबिन श्रेष्ठ, रेखा थापा, कमल कृष्ण, बासु पुडासैनी लगायतका कलाकारको अभिनय छ ।damdar-album-bimochan
नेपाल प्रहरी भित्र घट्ने घटनालाई ‘दमदार’ले प्रस्तुत गरेको छ । चन्द्र प्रसाद गौतम कार्यकारी निर्माता रहेको सिनेमा भित्र रोशन श्रेष्ठको नृत्य, चन्द्र पन्तको द्वन्द्व, सौरभ लामाको छायांकन, श्रीराम महत्तको सम्पादन, नवराजको लेखन छ ।
सारा फिल्मस्को ब्यानरमा तयार भएको यो सिनेमा वैशाख २६ गतेबाट प्रदर्शनमा आउनेछ ।
- See more at: http://www.onlinekhabar.com/2014/03/182589/#sthash.jCzmFzuk.6vNv6HQP.dpuf

,

news and entertainment