आईपिएल: चेन्नई र राजस्थानलाई प्रतिबन्धको प्रस्ताव
एजेन्सी, १३ चैत्र । भारतिय सर्वोच्च अदालतले ईन्डियन प्रिमियर लिग (आईपिएल)का दुई टोलि चेन्नई सुपर किङ्ग्स र राजस्थान रोयल्सलाई म्याच फिक्सिङको मामलाको अन्तिम निर्णय नआउन्जेल निलम्बन गर्ने प्रस्ताव गरेको छ।
सन् २०१३मा भएको आईपिएलमा राजस्थानका ३ खेलाडि स्पट फिक्सिङमा सामेल भएको पाईएपछि फिक्सिङ प्रकरणमा खोजि शुरु हुँदा चेन्नईको टोलिबाट पनि केहि शंकास्पद गतिबिधिमा संलग्न हुनसक्ने पाईएकाले उक्त मुद्दा अहिले भारतिय सर्वोच्च अदालतमा बिचाराधिन रहेको छ।
अदालतले अहिलेका भारतिय क्रिकेट बोर्डका अध्यक्ष श्रीनिवासनलाई अपदस्थ गरि पुर्व क्रिकेटर सुनिल गावस्करलाई अन्तरिम अध्यक्ष बनाउने प्रस्ताव गरेको छ।
अदालतले शुक्रवारसम्म भारतिय क्रिकेट बोर्डलाई हदालतको प्रस्ताव माथि उत्तर दिन भनेर निर्देशन दिएको छ।
