फेसबुकको लत : सेक्स गर्दा पनि २० प्रतिशत फेसबुकमै व्यस्त

नयाँ दिल्ली, १३ चैत्र । आधुनिक जीवन शैली अनुसार मानिस धेरै व्यस्त हुन थालेका छन् । यसमा प्रविधिको विकासले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । किनमेलका लागि बजार निस्किएको समय आफ्नो मोबाइल फोनबाटै बैंक ब्यालेन्स चेक गर्नु, मिटिङमा बसेको समय कसैलाई म्यासेज गर्नु सामान्य कुरा भइसकेको छ । facebook_sex_540x436तर व्यस्तताको असर दाम्पत्य जीवनमा पनि परिरहेको छ ? के कोही यौन सम्पर्कको गरिरहेको समयमा पनि अरु काममा व्यस्त हुन सक्छ ? प्रश्न आश्चर्यजनक नै छ । धेरैले जवाफ दिन सक्छन्, ‘यस्तो पनि प्रश्न हुन्छ ?’ तर एक अध्ययनको प्रतिवेदन आश्चर्यजनक नै पाइन्छ ।
कन्डम निर्माता कम्पनी ड्युरेक्सले गरेको सर्वेक्षणमा २० प्रतिशतले यौनसम्र्क गरिरहेको समयमा पनि आफूले फेसबुक चलाउने गरेको स्वीकार गरेका छन् । यतिमात्र होइन, १२ प्रतिशतले सेक्स गर्दागर्दै आफूले फोनमा कुरासमेत गर्ने गरेको बताए । त्यस्तै १० प्रतिशतले सेक्सकै क्रममा आफ्नो मोबाइलमा आएका म्यासेज पढ्न समेत भ्याउने गरेको बताएका छन् ।
कुनै फोन तथा म्यासेज यति जरुरी हुन्छन् कि त्यसको जवाफ तत्काल नदिए आफैंलाई घाटा हुन सक्छ । त्यसैले यौन सम्पर्कको बेलामै फोनमा कुरा गर्ने, म्यासेज पढ्ने तथा जवाफ फर्काउने कामलाई केही हदमा स्वाभाविक मानिए पनि फेसबुक चलाउनुलाई चाहीँ हदभन्दा बाहिरको व्यस्तता भन्दा फरक नपर्ला । किनकी फेसबुक तपाइँको पारिवारिक जीवनभन्दा महत्वपूर्ण नहुन सक्छ ।

, , , ,

news and entertainment