वैदेशिक रोजगार विभागका कर्मचारी आख्तियारको हिरासतमा

वैदेशिक रोजगार विभागका कर्मचारीहरुलाई श्रम स्वीकृति प्रदान गर्ने समयमा अनियमितता गरेको भन्दै आख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ जना कर्मचारीहरुलाई बुधबार हिरासतमा लिएको छ |
CIAA
बैदेशिक रोजगारमा जाने व्यक्तिहरुलाई श्रम स्वीकृति प्रदान गर्ने सन्दर्भमा कतार गएका १०९ जनालाई गत पौष २८ मा र दुबई गएका ६३ जनालाई गत माघ ३ गते गैरकानूनी ढंगबाट गलत कागजातहरुको आधारमा अन्तिम श्रम स्वीकृति प्रदान गरी अनियमितता गरेको भन्दै अनुसन्धानका लागि वैदेशिक रोजगार विभागका निर्देशक चिरन्जीवी अधिकारी, शाखा अधिकृतहरु कुमारप्रसाद पोखरेल, गम्भीरसिंह बिष्ट, लवराज जोशी, बाबुलाल रेग्मी, नायब सुब्बाहरु भीमबहादुर बस्नेत र लक्ष्मी प्रसाद ढुंगाना, कम्प्युटर अपरेटरहरु संजीव नेपाल र सुशील शाक्य समेत गरि ९ जना कर्मचारीहरुलाई हिरासतमा लिएको आयोगले जनाएको छ |

,

news and entertainment