टि-२० विश्वकप: नेपाल ‘परिचित’ प्रतिद्वन्दी अफगानिस्तानसँग भिड्दै

काठमाडौं । बंगलादेशमा जारी ट्वान्टी–२० विश्वकप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले बिहीबार आफ्नो परिचित प्रतिद्वन्दी अफगानिस्तानको सामना गर्दैछ ।
नेपालकालागि यो खेलमा जित निकाल्नु पर्ने दोहोरो दवाव हुने छ। पहिलो नेपालले अफगानिस्तानलाई हराएमा दोस्रो चरणको ढोका खुल्लै रहनेछ भने दोस्रो अफगानिस्तानसँगको पछिल्लो समयमा बेहोरेको लगातारको हारको मनोवैज्ञानिक दवाव हटाउनकालागि पनि जित आवश्यक रहेको छ।nepali-cricket-team
अफगानिस्तानसँगको खेलमा जित निकाल्न सकेमा अंक गणितिय हिसाबले नेपालको दोस्रो चरणको संभावना कायमै रहनेछ । अर्को खेलमा हङकङले बंगलादेशलाई फराकिलो अन्तरले हराएमा नेपाल दोस्रो चरणमा प्रवेश गर्न सक्ने छ।
नेपालले यसअघि २ खेलमा १ जित र १ हार व्यहोरेको छ। नेपालको पहिलो २ केलको प्रदर्शन हेर्दा आजको खेलमा अफगानिस्तानलाई हराउन सक्ने अनुमान गरिएको छ। उक्त अनुमानमा खेल विश्लेसकहरु र समर्थकहरु दुवै एक छन्। यो विश्वकपमा अफगानिस्तान भन्दा नेपालको प्रदर्शन राम्रो रहेको छ।यो  जितले ट्वान्टी–२० क्रिकेटमा अफगानिस्तानविरुद्ध पहिलो जित मात्र हात पार्ने छैन, अफगानिस्तानसग लगातार ६ खेलको हारको शृङखला रोक लगाउने छ ।
पहिलो पटक ट्वान्टी–२० विश्वकप खेलिरहेको नेपालसामु बिहिबार इतिहास कोर्ने अवसर समेत छ । हङकङलाई ८० रनको फराकिलो अन्तरले पराजित गर्दै विश्वकपको पहिलो खेलमै जितको इतिहास रचेको नेपाल दोस्रो खेलमा टेष्ट राष्ट्र बंगलादेशसँग ८ विकेटले पराजित भएको थियो ।
समूह चरणको अन्तिम खेलअघि घरेलु टोली बंगलादेश ४ अंकका साथ समूह ए को शीर्ष स्थानमा छ भने नेपाल २ अंकका साथ दोस्रो तथा समान अंक जोडेको अफगानिस्तान नेट रन रेटमा पछि पर्दै तेस्रो स्थानमा छ । लगातार दुई हारसँगै हङकङ समूह चरणको अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिसकेको

,

news and entertainment