रिक्सावालको झुपडीमा अमेरिकामा बनेको बन्दुक

१३ चैत,
अमेरिकामा बनेको स्वचालित बन्दुक सहित प्रहरीले गुल्मी दरलामचौरका २८ बर्षीय मनु भत्रे दिलबहादुर कुमाललाई पक्राउ गरेको छ ।
प्रहरीले मेड इन यूएसए लेखिएको अटोमेटिक पेस्तोल १ थान र त्यसको गोली ५ राउण्ड सहित उनलाई पक्राउ गरेको हो ।

बुटवल नगरपालिका–९ दिपनगर स्वर्गद्वारी रिक्सा कम्पनीमा रिक्सावालाहरू बस्ने झुपडीमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले चैत्र १२ गते अपरान्ह छापा मारि चेकजाँच गर्दा पेस्तोल बरामद भएको हो ।

पेस्तोल सँगै प्रहरीले कुमाललाई समेत घरबाटै पक्राउ गरेको बताएको छ । घटनाका सम्वन्धमा अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । 

,

news and entertainment