श्रीमती बिक्री गर्न खोज्ने श्रीमत पक्राउ
वीरगन्ज। पर्सा प्रहरीले आफ्नै श्रीमती बेच्न खोज्ने वीरगन्ज उपमहानगरपालिका–७ बस्ने २१ वर्षीय मोहम्मद सदाम हुसेनलाई पक्राउ गरेको छ ।
छ महिनाअगाडि विवाह गरेर ल्याएकी श्रीमतीलाई हुसेनले बुधबार बिहान बब्लु भन्नेलाई ५० हजार भारतीय रुपैयाँमा बिक्री गर्न लागेको प्रहरीले दाबी गरेको छ ।
वीरगन्ज–१८ मा पीडितलाई फेला पारी उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पक्राउ परेको हुसेनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान जारी रहेको पर्साका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिनुभयो ।