नेपाल अफगानिस्तान भिडदै,यसरी पुग्छ नेपाला दोस्रो चरणमा
६ चैत,काठमाडौं ।बंगलादेशमा जारी ट्वेन्टी–२० विश्वकप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले आज चिरपरिचित प्रतिद्धन्द्धी अफगानिस्तानको सामना गर्दैछ ।
दुबै टिमले हङकङलाई हराएको र बंगलादेशसँग पराजय भोगेको अवस्थामा अर्को चरण प्रवेशको सम्भावना बलियो राख्न फराकिलो जित हासिल गर्नु जरुरी छ ।
बंगलादेश दुबै खेलमा जित हासिल गर्दै चार टिम सहभागी समूहको शीर्ष स्थानमा छ भने समान दुई अंक बटुले पनि राम्रो रनरेटका आधारमा अफगानिस्तानभन्दा नेपाल अगाडि छ ।
नेपालले हङकङमाथि शानदार ८० रनको जित हासिल गर्दा बंगलादेशसँग सम्मानजनक ८ विकेटको हार बेहोरेको थियो । त्यसैगरी, बंगलादेशसँग ९ विकेटले हारेको अफगानिस्तानले हङकङलाई ७ विकेटले पराजित गरेको थियो । तुलनात्मक रुपमा जारी प्रतियोगितामा नेपाल अफगानिस्तानभन्दा बलियो देखिएको छ ।
अफगानिस्तानलाई फराकिलो अन्तरले पराजित गर्न सके नेपालले विश्वकपको अर्को चरण प्रवेशको सम्भावना कायमै राख्ने छ भने अफगानिस्तानसँग यसअघि बेहोरेको हारको बदला पनि लिनेछ । खेल दिउँसो सवा ३ बजे हुनेछ ।
नेपाल अर्को चरणमा प्रवेश गर्नका लागि अफगानिस्तानलाई फराकिलो अन्तरले हराएरमात्र पुग्ने छैन । आज साँझ सवा ७ बजे हुने खेलमा प्रतियोगिताबाट बाहिरिइसकेको हङकङले सबैभन्दा बलियो प्रतिद्धन्द्धी बंगलादेशलाई पनि फराकिलो अन्तरले हराउनुपर्ने हुन्छ ।
http://nepaliheadlines.com/