नारायणकाजी श्रेष्ठ सार्वजनिक यातायातमा हिँडेपछि सुरक्षा समस्या
काठमाडौं, वैशाख ५ - एमाओवादी नेता नारायणकाजी श्रेष्ठ सार्वजनिक यातायातमा हिँड्न थालेपछि उनका सहयोगीले सुरक्षा व्यवस्थालाई लिएर चिन्ता व्यक्त गर्न थालेका छन् ।
तर माओवादीभित्र भने पार्टीको राष्ट्रिय सम्मेलन नजिक आइरहेकाले 'सादा जीवन बिताउने नेताको रूपमा आफूलाई देखाउन' श्रेष्ठले सार्वजनिक यातायात चढ्न थालेको टिप्पणी सुरु भएको छ ।
उनले गाडी चढ्ने हैसियत नभएको भन्दै करिब तीन सातादेखि निजी गाडी चढ्न छाडेका हुन् । उनका निजी सुरक्षाकर्मीले श्रेष्ठ सार्वजनिक यातायातमा हिँडा कुनै पनि बेला केही हुन सक्ने उल्लेख गर्दै जागिर खतरामा रहेको बनाउन थालेका छन् ।

उनी बैठक र अन्य कार्यक्रममा जाँदा आफ्नो निवास हात्तीवनबाट सार्वजनिक यातायातमा हिँड्छन् । उनकी सहयोगी सुशन कर्माचार्यले सार्वजनिक यातायातमा हिँडदा सुरक्षा व्यवस्था मिलाउन गाह्रो परेको बताइन् । उपप्रधान तथा गृह र परराष्ट्रमन्त्री भइसकेका श्रेष्ठ पारिवारिक आर्थिक पृष्ठभूमिसमेत कमजोर नभएकाले आफ्नै खर्चले पनि गाडी चढ्ने हैसियत राख्छन् ।
कुनैबेला दिनहुँजसो सञ्चार माध्यममा आउने श्रेष्ठ हाल गुपचुप छन् । उनले आफू 'सत्याग्रह'मा रहेको भन्दै बोल्न मानेका छैनन् ।