३ सय ४७ किलोकी महिला विवाहको तयारीमा (तस्विर सहित)



संववत संसारकै महिला विवाहको तयारीमा जुटेकी छिन् । अमेरिकाको आयोवा राज्यमा बस्ने ३ सय ४७ किलो तौल भएकी च्यारिटी पियर्स प्रेमीसँग विवाहका लागी शरीर घटाउने प्रयासमा छिन् । १ बच्चाकी आमा समेत रहेकी ३८ वर्षीया यी महिलाका २२ वर्षका प्रेमी छन् ।
पियर्स प्रेमीसँग विवाह गर्न चाहन्छिन् ।
पियर्स टिएलसीको रियालिटी शोमा काम गर्न दिइएमा आफ्नो सपना पुरा हुने बताउँछिन् । शोबाट प्राप्त हुने रकमले शल्यक्रिया गरेर शरीरलाई ठिक आकारमा ल्याउने उनको रहर   छ ।
अत्यिधक मोटोपनले हिड डुल गर्न पनि नसक्ने पियर्स सँधै घरभित्र नै हुन्छिन् ।
चिकित्सकहरुले उनलाई तौल घटाएर २ सय २६  किलो सम्म पुर्याउन सुझाव दिएका   छन् ।
अव पियर्स टिएलसीको माइ ६०० पाउण्ड लाइफ नामक रियालिटी शोमा देखिने तयारीमा छिन् ।
पियर्सलाई एक प्रकारको स्वास्थ्य समस्याका कारण यस्तो अवस्था आएको हो ।
उनको बायाँ खुट्टो यति भारी छ कि उनी कारमा समेत बस्न सक्दिनन् ।
उनले खुट्टा तथा ग्यास्ट्रिक बाइपास सर्जरी गर्न सके मात्र बँच्न सक्ने चिकित्सकहरुले बताएका छन् । 

,

news and entertainment