किन पक्राउ गर्दैनन्र रमेश खरेल यी डनहरुलाइ ?

१५ बैशाख, काठमाण्डौ ।
काठमाडौं प्रहरीले सुरु गरेको गुन्डागर्दी नियन्त्रण अभियानमा दुई सयभन्दा धेरै पक्राउ परेका छन् । तर, राजधानीमै नाम चलेका दर्जन गुन्डागर्दीका नाइके अझै पक्राउ नपरेको समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

डनको सुचीमा रहेका रमेश बाहुन भनिने सुजन पौडेल र चरी भनिने दिनेश अधिकारी लामो समयदेखि मोस्ट वान्टेडको सुचीमा छन् । उनीहरु बाहेक कुमार घैटे साजन महर्जन, माइला लामा, राजु गुरुङ, राजु गोर्खाली दावा लामा, उमेश लामा, रोज राणा(सरोज थापा) उमेश गुरुङलगायत पनि रमेश खरेल काठमाडौंको प्रहरी प्रमुख भएपछि पक्राउ परेका छैनन् । बाहुन र चरी एमाले निकट डन हुन् । ललितपुरका डनका रुपमा चिनिन्छन् । 

,

news and entertainment