अनुष्काले बनाइन विराट र रणबीरलाई दुश्मन !

क्रिकेट टीम इन्डियाका हिरो विराट कोहालि र बलिउडका हिरो रणबीर सिंहको बिचमा अब दुश्मनी रहेको कुरा बाहिर आएको छ।
कुनै बेला यी दुई एक अर्काका राम्रा साथी थिए तर अब उनीहरुको बोलचाल पनि नभएको बताइन्छ। दुबैको सम्बन्धमा बढेको दुश्मनीको कारण भने अनुष्का शर्मा भएको मानिदैछ। अनुष्का विराटकी गलफ्रेण्ड हुन भने रणबीरको एक्स गलफ्रेण्ड ।
Anuska ranbir deepika



जानकारी अनुसार फिल्म 'ब्याण्ड बाजा बारात' जब प्रदर्शनमा आएको थियो त्यतिबेला रणबीर र अनुष्का एक अर्काका ज्यादै नजिक थिए र यी दुईको सम्बन्ध 'लेडिज Vsरिकी बहल' सम्म राम्रो भएको बताइन्छ।
रणबीरले अनुष्कालाई एक पार्टीमा लिएर गएका थिए र त्यही उनले विराटसँग परिचय गराए।
Anuska birat

त्यतिबेला देखि यी दुई लभ बर्ड (अनुष्का-विराट) एक अर्काको सम्पर्कमा छन र आफ्नो सम्बन्धको बारेमा अरुलाई ढाँट्दै आएका छन। तर उनीहरुको सम्बन्धको कुरा धेरैले थाहा पाएका छन।

अनुष्कासँगको ब्रेकअपपछि रणबीरले दीपिका पादुकोनेसँग सम्बन्ध बढाएका छन। दुबैले 'गोलियां को रासलीला राम-लूला' मा एक साथ काम गरेका थिए। यो फिल्म बक्सअफिसमा हिट पनि भएको थियो । आजभोलि यी दुई जोडी कयौङ कार्यक्रममा एकसाथ देखिएका पनि छन।

रणबीर- दीपिकाको सम्बन्धमा बढ्दै जाँदा अनुष्का- विराट पनि नजिक हुँदै गए। दुबैले एक विज्ञापनमा सँगै काम पनि गरे र यी दुबैको सम्बन्ध बलियो हुदै पनि गयो।

Anuska_birat


जानकारी अनुसार विराट र अनुष्काले गरेको विज्ञापनमा पहिला रणबीरलाई लिन खोजिएको थियो तर पछि यो विज्ञापन विराटलाई मिल्यो र रणबीर हेरेको हेरेइ भए
विराट र अनुष्काले एक श्यामपुको विज्ञापन गरेका छन । यही विज्ञापनपछि अनिष्का र रणबीरको सम्बन्धमा दूरी आउन शुरु भएको बताइन्छ।
विराटले अनुष्कासँगको सम्बन्धको बारेमा रणबीरसँग पनि लुकाएको बताइन्छ।
ranbir_birat

जसले गर्दा रणबीर विराटसँग रिसाएका छन। यी दुईको भेटघाट एक पार्टीमा रणबीरले नै गराएको बताइन्छ।अब यी दुई रणबीर र अनुष्का एक साथ काम गर्न पनि चाहदैनन ।

, ,

news and entertainment