तिमी फर्किएनौं भने झुन्डिएर मर्छु'
काठमाडौं, वैशाख ८ - 'तिमी फर्किएनौं भने झुन्डिएर मर्छु,' सगरमाथामा शुक्रबार अचानक आएको हिमपहिरामा परी १३ जना शेर्पाको मृत्यु भएपछि अन्य शेर्पा पथप्रदर्शकमा यस्ता किसिमका पारिवारिक दबाब आउन थालेका छन् । दबाबकै कारण आफ्नो टोलीका रोपवे जडानका लागि सगरमाथा आधार शिविर पुगेकामध्ये २९ जना त्यहाँबाट फर्किदै छन् । 'सगरमाथामा यति ठुलो पहिरो पहिलो पल्ट आएको हो,' सगरमाथा आरोही संघका अध्यक्ष वाङछु शेर्पाले भने 'चिने जानेका धेरैको मृत्यु भएपछि परिवारले अरुलाई उताबाट र्फकन दबाब दिइरहेका छन् ।' उनका अनुसार अहिले पहिरो जाने समय थिएन । बढी जसो मे को अन्तिम सातामा साना तिना पहिरो जान्थे । 'आएपनि राती १२/१ बजेतिर आउथ्यो र बिहान मौसम राम्रै हुन्थ्यो,' शेर्पाले भने 'यो बेमौसमी पहिरो हो ।'
दबाबकै कारण शेर्पाहरु फर्किएपछि आरोहणमा जाने टोलीलाई शिखर चढ्ने क्रममा समस्या हुन सक्ने उनले बताए । परेको खण्डमा एउटाले दुई वटा टोलीसम्मलाई 'गाइड' गर्न सक्छन् । पर्वतारोहण नियमावली अनुसार हरेक टोलीको एक/एक पथप्रदर्शक हुनु जरुरी छ । पहिरो आऊँदा करिब ६० जना शेर्पा सगरमाथा क्षेत्रमा रहेको पर्यटन महाशाखाले जनाएको छ । घटनामा ६ जना घाइते भए भने ३ जना हराएका छन् । त्यतिबेलै आरोहण टोलीले २३ पथप्रदर्शक शेर्पा गुमाइसकेको स्थितीमा डरका कारण तल र्झन थालेपछि धेरै विदेशी आरोहीले समेत आरोहण रद्द गर्न सक्ने सम्भावना पनि उत्तिकै रहेको शेर्पाले बताए ।काठमाडौं, वैशाख ८ - 'तिमी फर्किएनौं भने झुन्डिएर मर्छु,' सगरमाथामा शुक्रबार अचानक आएको हिमपहिरामा परी १३ जना शेर्पाको मृत्यु भएपछि अन्य शेर्पा पथप्रदर्शकमा यस्ता किसिमका पारिवारिक दबाब आउन थालेका छन् । दबाबकै कारण आफ्नो टोलीका रोपवे जडानका लागि सगरमाथा आधार शिविर पुगेकामध्ये २९ जना त्यहाँबाट फर्किदै छन् । 'सगरमाथामा यति ठुलो पहिरो पहिलो पल्ट आएको हो,' सगरमाथा आरोही संघका अध्यक्ष वाङछु शेर्पाले भने 'चिने जानेका धेरैको मृत्यु भएपछि परिवारले अरुलाई उताबाट र्फकन दबाब दिइरहेका छन् ।' उनका अनुसार अहिले पहिरो जाने समय थिएन । बढी जसो मे को अन्तिम सातामा साना तिना पहिरो जान्थे । 'आएपनि राती १२/१ बजेतिर आउथ्यो र बिहान मौसम राम्रै हुन्थ्यो,' शेर्पाले भने 'यो बेमौसमी पहिरो हो ।'
दबाबकै कारण शेर्पाहरु फर्किएपछि आरोहणमा जाने टोलीलाई शिखर चढ्ने क्रममा समस्या हुन सक्ने उनले बताए । परेको खण्डमा एउटाले दुई वटा टोलीसम्मलाई 'गाइड' गर्न सक्छन् । पर्वतारोहण नियमावली अनुसार हरेक टोलीको एक/एक पथप्रदर्शक हुनु जरुरी छ । पहिरो आऊँदा करिब ६० जना शेर्पा सगरमाथा क्षेत्रमा रहेको पर्यटन महाशाखाले जनाएको छ । घटनामा ६ जना घाइते भए भने ३ जना हराएका छन् । त्यतिबेलै आरोहण टोलीले २३ पथप्रदर्शक शेर्पा गुमाइसकेको स्थितीमा डरका कारण तल र्झन थालेपछि धेरै विदेशी आरोहीले समेत आरोहण रद्द गर्न सक्ने सम्भावना पनि उत्तिकै रहेको शेर्पाले बताए ।
यसपाली धेरै राम्रा शेर्पाहरु (केही अन्तर्राष्ट्रिय स्तरका पर्वतारोहणसम्बन्धि तालिम दिन्थे) पहिरोमा परे । शनिबारपछि केही समय मौसम सफा भएकाले उद्दारको काम भएपनि अहिले त्यो पनि रोकिएको छ । 'हिऊँ परिरहेकै छ, जोखिम लिएर उद्दार गर्न सकिदैन,' पर्यटन मन्त्रालयका प्रवक्ता मोहनकृष्ण सापकोटाले भने 'काम रोकिएको छ ।' उनका अनुसार आरोहण तयारीमा रहेका विदेशी/स्वदेशीको मनोबलमा पनि हिम पहिरोले गिरेको छ । 'अहिले नै सगरमाथा चढ्ने समय नभएकाले समय आउँदासम्ममा आराही डरमुक्त होलान्,' सापकोटाले भने । हिऊँ परिरहेकाले अबको २/३ दिन रोपवे जोडेर बाटो बनाउने काम पनि बन्द नै रहने उनले बताए । शुक्रबार बिहान साढे ६ बजे सगरमाथाको ५ हजार ८ सय मिटरको उचाईमा हिमपहिरो गएको थियो ।
मृतक परिवारलाई चालिस हजार
सरकारले पहिरोमा मृत्यु भएकाको परिवारलाई ४० हजार रुपैयाँ दिने भएको छ । तर यो रकम भन्दा दिर्घकालिन प्रभाव पार्ने खालको सुविधा सरकारले उपलब्ध गराउनु पर्ने संघको माग छ । 'यति पैसाले केही हुदैन, शेर्पाका छोराछोरीलाई १० /११ कक्षासम्म निःशुल्क पढाउने व्यवस्था भैदिए हुन्थ्यो,' संघ अध्यक्ष शेर्पाले भने 'उद्दारमा आर्मीलाई सघाउने शेर्पालाई समेत आर्मीको कुनै दर्जा दिएर सम्मान गरिनु पर्छ ।' उद्दारका लागि काठमाडौंबाट आर्मीको हेलिकप्टर गएपनि उचाईमा दुई जवान बिरामी भएकाले शेर्पाहरुले नै उद्दारका काम गरेको उनले बताए ।