शाहरुख, सलमान र अमिरका विवादास्पद कुरा

बलिउडमा सेलिब्रेटीहरुले बेलाबेलामा विवादास्पद अभिव्यक्ति दिएर विवाद र चर्चा कमाउने गर्छन् । यस्तो मामला खान परिवारका अभिनेताहरु अगाडि छन् ।
अभिनेता सलमान खान बारम्बार विवादमा तानिने व्यक्ति हुन् । त्यस्तै अमिर खान र शाहरुख पनि कम छैनन् ।
सलमान खानसँग सँधै विवाहबारे सोधिने गर्छ । एकपटक टिभी शोमा यही कुरा सोध्दा निकै कारणहरु भने । तर निकै कारणमध्ये एउटा जवाफले चर्चा पायो । सो कार्यक्रममा उनले भनेका थिए, ‘जे सुकै भएपनि म अझै भर्जिन छु ।’
अभिनेता शाहरुख खान पनि विवादास्पद छविकै छन् । कहिले प्रियंकासंग डुलेर र त किले अर्का अभिनेतासँग झगडा तम्सिएर उनी चर्चामा आउने गर्छन् । एकपटक उनले ‘म पोर्न स्टार बन्न चाहन्छु’ भन्ने अभिव्यक्ति दिएर विवादमा आएका थिए ।
हत्तपत्त विवादमा नआएने अभिनेतामा अमिर खान परेपनि उनी एकपटक राष्ट्रिय झण्डालाई कुल्चेको आरोपमा विवादमा तानिए । केही महिनाअघि मात्र अमिरले सामाजिक साइटमा कुकुरको फोटो पोष्ट गरेर कुकुरको नाम शाहरुख भएको र शाहरुखले मेरो जुत्ताको तलुवा चाट्छन् भन्ने पंक्ति पनि पोष्ट गरेर चर्चा कमाएका थिए ।

, , ,

news and entertainment