केकी र प्रियंका बन्लान् त ‘बेष्ट फ्रेन्ड’ ?

आशातित २ नायिकाको अभिनयका कारण पनि बैशाख २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मेरो बेष्ट फ्रेन्ड’को अपेक्षा बढेको छ । काठमाण्डौमाkeki-and-priyanka एक कार्यक्रमको आयोजना गर्दै निर्माणपक्षले सिनेमाको प्रोमो र गीत सार्वजनिक गरेको हो ।
कार्यक्रममा नायिकाद्धय प्रियंका कार्की र केकी अधिकारी आकर्षणको पात्र बने । मिडियाका क्यामेरा उनीहरुको मित्रतामा नै फोकस भयो, जुन सिनेमा भित्र समावेश गरिएको छ । सिनेमा भित्र रेश महरठ्ठा र दिवश उप्रेती मुख्य भूमिकामा छन् ।mero-best-friend-album-bimo priyanka-dibas-res-and-prasआशावादी फिल्मस्को ब्यानरमा तयार भएको सिनेमालाई प्रजिता बर्जचार्यले निर्माण गरेकी हुन् । कार्यक्रममा बोल्दै नायिका केकी अधिकारीले आफ्नो भूमिका चलचित्रमा छोटो भएपनि फरक रहेको बताइन् । अर्की नायिका प्रियंका कार्कीले अभिनयका हिसाबले आफ्नो पहिलो सिनेमा भएतापनि खुबै मिहिनेत गरेको जानकारी दिइन् ।mero-best-friend-album-bimo
नायक रेश महरठ्ठाले सिनेमामा आफ्नो भूमिका नौलो खालको रहेको जनाए । चलचित्रका गीतसंगीत पनि अहिले चर्चामा छन् । चलचित्रमा सुगम पोख्रेल, प्रमोद खरेल, अशुसेन लामा, राजन इशानले संगीत दिएका छन् ।
‘मेरो बेष्ट फ्रेन्ड’मा नायिका कार्कीलाई केही हट देख्न सकिन्छ । चलचित्रलाई प्रशन्न पौडेलले निर्देशन गरेका हुन् । कार्यक्रममा चलचित्रको अडियो पनि बिमोचन गरिएको थियो । चलचित्रमा ५ गीत समावेश गरिएको छ । चलचित्रको प्रोडक्शन डिजाइनर अनन्त तिमिल्सिना हुन् ।

priyanka-dibas-res-and-pras

,

news and entertainment