डिभोर्सी महिलाको कथामा करिश्मा र भूवन पूर्व पत्नीको सक्रियता
सुस्मिता बमजम नायक भूवन केसीको पूर्व पत्नी हुन् । उनीहरुको सम्बन्ध टाढा भएको पनि लामै समय भैसकेको छ । सुस्मिताको जीवनसँग केही निकट रहेर एक चलचित्र बन्ने भएको छ । हाँस्य सिरियल ‘तीतो सत्य’का निर्मल शर्मा ‘गैडा’ले चलचित्रलाई निर्देशन गर्न लागेका हुन् ।
यो सिनेमाको निर्माणमा करिश्मा मानन्धर, सुस्मिता बमजम र क्षितिजा शाक्य अगाडि आएका हुन् । चलचित्रले पतिसँग सम्बन्ध बिच्छेद गरेका महिलाहरुको रमाइलो जीवनशैली, ढुकुतीबाट आक्रान्त महिलाको पीडा समेट्नेछ ।
चलचित्रका लागि पुरुष पात्र पक्का भैसकेका छैनन् । निर्देशक निर्मल शर्माले सिनेमा बन्न लागेको पक्का गर्दै यो एक हलिउड चलचित्रबाट प्रभावित रहेको जनाए । सन् २००४ मा प्रदर्शनमा आएको हलिउड चलचित्र ‘द डिस्परेट हाउसबाइब्स’बाट यो चलचित्र प्रभावित हुनेछ ।