डीसीको पद अप्ठ्यारोमा, उपाध्यक्ष सहित ६ जनाको राजिनामा

dines-risi-and-raju
चलचित्र निर्देशक समाजबाट ६ जनाले राजिनामा दिएका छन् । उपाध्यक्ष राजु केसी, महासचिव ऋषी लामिछाने सहित ६ जना पदाधिकारीहरुले राजिनामा दिएका हुन् । राजिनामा दिने अन्य पदाधिकारीहरुमा सचिव श्याम भट्टराई, सह-कोषाध्यक्ष गोपालचन्द्र लामिछाने, सदस्यद्धय आर.बी.के ‘शरद’ र महेश प्रसाद ढुंगेल छन् । सोमबारसम्म अन्य ४ जनाको पनि राजिनामा आउन सक्ने ऋषी लामिछानेले बताए ।
६ जनाको राजिनामासँगै अध्यक्ष दिनेश डीसीको पद धरापमा परेको छ । १३ जनाको कार्यसमितीमा ६ जनाले नै पद छोडेपछि डीसी अप्ठ्यारोमा परेका हुन् । अध्यक्ष डीसीको कार्यकालप्रति असन्तुष्टी जनाउँदै ६ जनाले पद छोडेको बताइएको छ ।
निर्देशक समाजको नाममा व्यक्तीगत फाइदा हुने काम गरेको, निर्देशकको अपमान हुँदा पनि कुनै कदम चाल्न नसकेको लगायतका बिषयमा असन्तुष्टी जनाउँदै ६ जनाले संयुक्त राजिनामा दिएका छन् । ६ जनाले राजिनामा दिएपछि अब अध्यक्ष दिनेश डीसीले कसरी कार्यभारलाई अगाडि बढाउँछन् यसमा गम्भिर प्रश्न उब्जेको छ । गत बैशाखको १४ गते निर्देशक समाजको निर्वाचन भएको थियो ।
लिखित रुपमा अध्यक्ष दिनेश डीसीले माफी माग्दै प्रतिबद्धता जनाए पद पूर्नबहाली गर्न सकिने महासचिव ऋषी लामिछानेको भनाई छ । समानान्तर कार्यसमिती भने गठन नगर्ने ऋषीको तर्क छ ।

,

news and entertainment