पानीजहाज दुर्घटना : जहाज डुबिरहेको थियो, कप्तान सुतिरहेका थिए

७ बैशाख, एजेन्सी । दक्षिण कोरियामा भएको पानीजहाज दुर्घटनाका कप्तानले जहाज खाली गर्ने आदेश दिन ढिलो भएको स्वीकार गरेका छन। उनले यात्रीहरु बग्ने डरले यसो गरेको बताएका छन।

६९ वर्षिय कप्तान ली जुन सिओक र दुई चालकदलका अन्य सदस्यहरुलाई प्रहरीले गिरफ्तार गरेको छ।

दुर्घटना हुँदा पनि जहाज खाली गर्ने आदेश नदिएकोले उनको तिब्र आलोचना गरिएको छ। कप्तानले यस दुर्घटनामा मारिएका परिवार तथा दुर्घटना भएकोमा माफी मागेका छन।

southkorea-ship accident1
शनिवार गोताखोरले तीन शव देखिएको जनाएको थियो तर ती शवलाई निकाल्न नसकिएको बताइन्छ। पानी भित्र भएकोले समय धेरै लाग्ने भएको हुँदा शवलाई निकाल्न नसकिएको बताइएको छ। सो दुर्घटनामा अहिलेसम्म २९ जना मरेको पुष्टि भएको छ र २७३ जना अझै हराइरहेका छन । र १७४ यात्रीलाई बचाइएको छ।

 southkorea- ship accident

पानीजहाजका कप्तानलाई लापरबाही र सामुद्रिक नियम उल्लंघनको आरोप लगाइएको छ। चालकले भने जहाजले अनियन्त्रित भएको बताएका छन। उनले सम्बाददातासँग भनेका छन, 'मेरो तर्फबाट पनि गल्ती भएको छ तर जहाजको स्टेयरिङ अपेक्षा भन्दा बढी तेज मोडिएको थियो ।'
 southkorea- ship accident2
कप्तानलाई जहाज चल्दै गर्दा सुतेको कारण दुर्घटना भएको भन्ने आरोप लगाइएको छ। 
शव बगेर बाहिर नजाओस भनेर पानीजहाजमा अहिले चारै तिर जाली लगाइएको छ।

 जहाजमा ३५० जना हाइस्कूलका विद्यार्थी रहेको बताइएको छ। उनिहरु जेजु द्विपको एक रिसोर्टमा जाँदै थिए।

, , ,

news and entertainment