युवतीमाझ पहिलो पटक मुस्कुराए किम जोङ उन (फोटोफिचर)
८ बैशाख, एजेन्सी ।
सँधै रिसाएका जस्ता देखिने उत्तर कोरियाली शासक किम जोङ उन थुप्रै युवतीका माझ हाँसिरहेको तस्विर सार्वजनिक भएको छ ।
केही समय अघि मात्र आफ्नै नातेदारको बंशनास गरेका तथा बिरलै हाँसेको देखिने उन पछिल्लो पटक सार्वजनिक तस्वीरमा दर्जनौ युवतीमाझ मुस्कुराइ देखिन्छन् ।
यस अघि किम यसरी हाँसेको मुद्रामा खासै देखिएका थिएनन् ।
किम उनका पिता भन्दा पनि निक्कै कठोर शासककोरुपमा स्थापित हुँदै गएका छन् ।
केही महिना अघि उनले आफ्ना अंकलको परिवारका सम्पूर्ण सदस्यको हत्या गरेका थिए । 