अरुको औकात देखाएर डीसीले राजिनामा दिने

dines-dc
९ जना सदस्यहरुले राजिनामा दिएपछि चलचित्र निर्देशक समाजका अध्यक्ष दिनेश डीसी केही तनावमा देखिएका छन् । १४ जनाको कार्यसमिती मध्येबाट ९ जनाले राजिनामा दिएपछि डीसी अल्पमतमा परेका छन् । यसैले पनि उनी चलचित्र निर्देशक समाजबाट राजिनामा दिने तयारीमा लागेको श्रोत बताउँछ ।
राजिनामा दिदा हार हुने सल्लाहा पनि डीसीलाई उनी निकटकाले दिइरहेका छन् । तर डीसी भने आफ्नो राजिनामाले सिनेमा नगरीको जित हुने भन्दै यसको तयारी गरिरहेका छन् । तर राजिनामा दिनु अघि उनी पत्रकार सम्मेलन गर्दैछन् । जहाँ निर्देशक समाजबाट राजिनामा दिनेहरुको असली औकात सार्वजनिक गर्ने तयारी उनको छ ।
डीसी निकट श्रोतका अनुसार, उनी सबैको बास्तविकता प्रेस मार्फत सार्वजनिक गर्दै राजिनामा दिने तयारीमा लागेका हुन् । संभवत उनले शुक्रबार पत्रकार सम्मेलन मार्फत निर्देशक समाजको अध्यक्ष पद छोडेको घोषणा गर्नेछन् । डीसी गत बैशाखको १४ गते निर्देशक समाजको अध्यक्ष पदमा विजयी भएका थिए ।

,

news and entertainment