गृहमन्त्रीले नै उडाए ट्राफिक नियमको धज्जी

अस्पतालतर्फबाट हुँइकिदै आएका उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम र सुरक्षाकर्मीका गाडी रत्नपार्कको बीच सडकमै झ्याप्प रोकिए।

ट्राफिक जाम गराएर गृहमन्त्री ओर्लिए। र आकाशेपुल तर्फ हेर्दै नहेरी डोरी नाघेर शान्तिबाटिकातिर लागे, सर्वसाधारण हेरेको हेर्‍यै भए।
डोरी नाघेर बाटो काट्नेलाई ट्राफिक प्रहरीले सडकमै अस्थायी हिरासत बनाएर एक घण्टासम्म थुन्छ, उठबस गराउँछ र जरीवानासमेत गराएर छाडिदिन्छ। तर, कानुका संरक्षक गृहमन्त्री गौतम दौरा सुरुवाल लगाँउदै डोरी नाघे, नियम कानुन कालोबुटले कुच्लिएर हिडे। आजको नयाँ पत्रिकाले वावबालिका र गृहमन्त्रीलाई तुलना गर्दै ‘ गृहमन्त्रीको जेव्रा क्रस’ शीर्षकमा फोटो फिचर  छापेको छ ।
 

0 COMMENTS

Write Down Your Responses

Rochak Sansar :

,

news and entertainment