धेरै कमाउने १० मोबाइल गेमः जसले दिनमै ११ लाख डलरसम्म कुम्ल्याउँछन्
अफ क्लान्स खेल्नुहुन्छ होला । तर, तपाईले खेल्ने यी गेमले दिनमै लाखौं डलर कमाउँछन् भन्ने कहिल्यै सोच्नुभएको छ ?
पछिल्लो दिनमा मोबाइल एप उद्योग निकै फष्टाइरहेको छ । सन् २०१४ मा २५ अर्ब अमेरिकी डलर बराबरको बिजनेस हुने अपेक्षा गरिएको एप बिजनेस सन् २०१६ सम्म ४६ अर्ब डलर पुग्ने छ ।
यो बिजनेसको ठूलो हिस्सा मोबाइल गेम एप्सको छ जसले प्रयोगकर्तालाई निशुल्क डाउनलोड गर्न दिन्छन र बिभिन्न चरणमा प्रयोगकर्तालाई कन्भिन्स गरेर थप पैसा तिराउँछन् ।
यो दौडमा सवैभन्दा अगाडी छ, क्लास अफ क्लान्स जसले हरेक दिन ११ लाख १८ हजार अमेरिकी डलर कमाउँछ । फिनिस कम्पनी सुपरसेलले बनाएको यो गेमको मूल्याङकन करिव ३ अर्ब डलर रहेको छ ।
गेम एप्समा बिभिन्न प्रकारका एप्सहरु छन् । केही सित्तैमा डाउनलोड गर्न पाइन्छ भने केहीलाई पैसा तिर्नुपर्छ, तर, धेरै कमाउनेको सूचीमा भने सित्तैमा डाउनलोड गर्न पाइने गेम नै छन् ।
पछिल्लो दिनमा मोबाइल एप उद्योग निकै फष्टाइरहेको छ । सन् २०१४ मा २५ अर्ब अमेरिकी डलर बराबरको बिजनेस हुने अपेक्षा गरिएको एप बिजनेस सन् २०१६ सम्म ४६ अर्ब डलर पुग्ने छ ।
यो बिजनेसको ठूलो हिस्सा मोबाइल गेम एप्सको छ जसले प्रयोगकर्तालाई निशुल्क डाउनलोड गर्न दिन्छन र बिभिन्न चरणमा प्रयोगकर्तालाई कन्भिन्स गरेर थप पैसा तिराउँछन् ।
यो दौडमा सवैभन्दा अगाडी छ, क्लास अफ क्लान्स जसले हरेक दिन ११ लाख १८ हजार अमेरिकी डलर कमाउँछ । फिनिस कम्पनी सुपरसेलले बनाएको यो गेमको मूल्याङकन करिव ३ अर्ब डलर रहेको छ ।
गेम एप्समा बिभिन्न प्रकारका एप्सहरु छन् । केही सित्तैमा डाउनलोड गर्न पाइन्छ भने केहीलाई पैसा तिर्नुपर्छ, तर, धेरै कमाउनेको सूचीमा भने सित्तैमा डाउनलोड गर्न पाइने गेम नै छन् ।
आज हामी तपाईलाई एप्पल स्टोरमा उपलब्ध १० वटा धेरै कमाउने एप्सबारे जानकारी दिँदैछौं । एप्सको कमाईबारेको तथ्याङ्कमा एप एनीको रिपोर्टमा आधारित छ भने दैनिक प्रयोगकर्ताको तथ्याङ्क थिङ्क गेमिङले दिएको हो ।
१. क्लास अफ कान्स
दैनिक आम्दानी– ११ लाख १८ हजार डलर
सैन्य रणनीतिमा आधारित यो गेमले प्रयोगकर्तालाई गाउँ, रेल र फौज बनाउने अबसर दिन्छ र अन्य प्रयोगकर्तासँग लडन सकिन्छ । गेम खेल्दै जाँदा प्रयोगकर्ताले बिभिन्न आइटमहरु किन्नुपर्ने हुन्छ । कम्पनीले यहींबाट पैसा कमाउँछ ।
दैनिक नयाँ प्रयोगकर्ताः ३९ हजार ८ सय
२. क्यान्डी क्रस सागा
दैनिक आम्दानीः ८ लाख ८४ हजार डलर
नेपाली प्रयोगकर्ताहरुमाझ समेत लोकप्रिय भइसकेको क्यान्डी क्रसले प्रयोगकर्तालाई यसको नसा नै लगाइदिन्छ । बिभिन्न रंगका क्यान्डीलाई मिलाएर स्कोर लिँदै जाँदा बिभिन्न चरणहरु आउँछन र साथीसँग प्रतिस्पर्धा गर्न पनि सकिन्छ ।
यसले प्रयोगकर्तालाई यस्तो लत बसाइदिन्छ की नयाँ लेभलमा जान मानिसहरु पैसा तिर्न पछि पर्दैनन् ।
३. गेम अफ वार–फायर एज
दैनिक आम्दादैनिक नयाँ प्रयोगकर्ताः ३४ हजार
नीः ५ लाख ७२ हजार डलर
यसमा प्रयोगकर्ताले आफ्नो साम्राज्य बनाउन सक्छन, हिरोलाई तालिम दिएर लडन पठाउन सक्छन् । यसमा प्रयोगकर्ताले आफ्नो साम्राज्य बलियो बनाउन सुन किन्ने बिकल्प दिइन्छ । जसका लागि प्रयोगकर्ताले पैसा तिर्छन् । एक बर्षअघि सार्वजनिक भएको यो एप्स सुरुदेखि नै आइट्यून्स स्टोरमा धेरै कमाउने उत्कृष्ट ५ एप्सको सूचीमा रहन सफल छ ।
दैनिक नयाँ प्रयोगकर्ताः १८ हजार
४. फार्म हिरोज सागा
दैनिक आम्दानीः २ लाख ७१ हजार डलर
क्यान्डी क्रसकै निर्माताले बनाएको यो गेम झट्ट हेर्दा क्यान्डी क्रसजस्तै लाग्छ । यसमा बिभिन्न रंग र आकारका फलफुललाई मिलाउनुपर्ने हुन्छ । क्यान्डी क्रसमा जस्तै यसमा पनि नयाँ लेभल वा मुभमा जान वा नयाँ लाइफका लागि पैसा तिर्नुपर्ने हुन्छ । नयाँ लाइफ लिन ३० मिनेट कुर्ने धैर्यता प्रयोगकर्तामा हुँदैन र पैसा तिर्न तयार हुन्छन् । जसबाट निर्माताले दिनमै २ लाख ७१ हजार डलर कमाउँछ ।
दैनिक नयाँ प्रयोगकर्ताः २४ हजार ६ सय
५. पेट रेस्क्यु सागा
दैनिक आम्दानीः २ लाख १४ हजार डलर
क्यान्डी क्रसर्क निर्माताले बनाएको पेट रेस्क्यु सागा पनि प्रयोगकर्तामाझ लोकप्रिय छ । तर अन्य दुई गेमभन्दा यसलाई निकै सिर्जनशील र जिवन्त गेमको रुपमा हेरिएको छ । यसमा प्रयोगकर्ताले आफ्ना घर पालुवा जनावरलाई आक्रमणकारीबाट जोगाउन एउटै रंगको बार लगाउनुपर्ने हुन्छ । नयाँ लेभलमा जान, नयाँ लाइफ लिन प्रयोगकर्ताले पैसा तिर्नुपर्ने हुन्छ ।
दैनिक नयाँ प्रयोगकर्ताः १७ हजार
६. बिग फिस क्यासिनो
दैनिक आम्दानीः १ लाख ७९ हजार डलर
यो गेम एक किसिमले मोबाइल क्यासिनो नै हो जहाँ प्रयोगकर्ताले बिभिन्न खाले जुवा खेल्न पाउँछन् । प्रयोगकर्ताले निःशुल्क उपलब्ध क्वाइनहरु पाउँछन तर बेलाबेला यस्ता क्वाइन किन्नुपर्ने अबस्थामा प्रयोगकर्ता पुग्छन् । यसको निर्माता बिग फिस गेम सन् २००२ देखि नै कम्प्युटर गेम निर्माणमा सक्रिय थियो । जसले अहिलेसम्म झण्डै ३ सय गेम बनाइसकेको छ ।
दैनिक नयाँ प्रयोगकर्ताः १४ हजार ३ सय
बुम बिच
दैनिक आम्दानीः १ लाख ५० हजार डलर
सवैभन्दा धेरै कमाउने क्लास अफ कान्सकै निर्माता सुपरसेलले बनाएको यो गेम पनि सैन्य लडाईमा आधारित छ । तर यसको लोकेसन भने समुद्र हो ।
प्रयोगकर्ताले पहिले आफ्नो टापु निश्चित गर्नुपर्छ ,त्यसका लागि चाहिने अर्थतन्त्रको जोहो गरेर शत्रुको टापुमा धावा बोल्नुपर्छ । प्रयोगकर्ताले बिचबिचमा युद्धसामाग्री किन्नुपर्छ जसबाट गेम निर्माताले पैसा कमाउँछ ।
दैनिक नयाँ प्रयोगकर्ताः १८ हजार
८. हे डे
दैनिक आम्दानीः १ लाख २७ हजार डलर
यो गेमले तपाईलाई गाउँमा बसेको अनुभव दिलाउँछ । जहाँ प्रयोगकर्ताले बस्तुभाउको गोठ र खेतीबालीको स्याहार गर्नुपर्छ ।
त्यसक्रममा आफ्नो फार्ममा बिभिन्न सामाग्री किन्नुपर्ने अबस्था आएछ, त्यसैबाट गेम निर्माताले पैसा कमाउँछ ।
क्लास अफ कान्सकै निर्माता सुपरसेलले यो गेम बनाएको हो ।
दैनिक नयाँ प्रयोगकर्ताः १६ हजार
९. ब्रेभ फ्रोन्टियर
दैनिक आम्दानीः १ लाख ८ हजार डलर
यो गेमले प्रयोगकर्तालाई सुपरहिरो बन्ने अबसर दिन्छ जसले भ्रष्टाचार रोक्न महत्वपूर्ण भूमिका खेल्छ ।
सुपरहिरो बलियो बन्नका लागि प्रयोगकर्ताले बिभिन्न समाग्री किन्नुपर्ने बनाइएको छ ।
यो नै गेमको आम्दानीको स्रोत हो । यो गेम जापानको गुमी कम्पनीले बनाएको हो ।
दैनिक नयाँ प्रयोगकर्ताः १२ हजार
१०. स्लोतोमानिया
दैनिक आम्दानीः ९६ हजार डलर
स्लोतोमानिया एक सामाजिक भिडियो स्लट गेम हो जहाँ बिभिन्न ५५ वटा गेम राखिएका छन् ।
प्रयोगकर्ताले सित्तैमा आफ्ना साथीहरुलाई गिफ्ट पठाएर प्रोमोसन र बोनस पाउन सक्छन् ।
तारे होटलको क्यासिनोझैं यसमा पैसा तिरेर क्वाइन किन्नुपर्ने हुन्छ ।
दैनिक नयाँ प्रयोगकर्ताः १३ हजार
